महिला समूहद्वारा मोटरबाटो निर्माण

गोरखाबजार, ११, माघ । गोरखाको देउराली गाविस–८ मा रहेको कर्मसिङ फाँटका महिला समूहले गाउँ जोड्ने मोटरबाटो निर्माण गरेका छन् ।
महिला समूहमा मासिक रुपमा सङ्कलन गरिएको पैसाले करिब दुई किलोमिटर मोटरबाटो निर्माण गरिएको हो । तनहुँ–गोरखा जोड्ने अबुँवास्थित सडकबाट कर्मसिङ फाँटसम्म सडक खनेको स्थानीय बासिन्दा शान्तमणि कैनीले जानकारी दिनुभयो । “महिला समूहको रु २० हजार र स्थानीय बासिन्दाले उठाएको रु ४० हजार चन्दाबाट गाउँमा मोटरबाटो खनियो,” उहाँले भन्नुभयो – “गाविस, जिविसमा मोटरबाटो निर्माणका लागि बजेट माग्दा नपाएपछि चन्दा उठाएर सडक खनेका हाँै ।”

अबुँवादेखि शेरा जोड्ने सडक निर्माण गरेको जानकारी दिँदै कैनीले उक्त सडक कृषि सडक भएको बताउनुभयो । “कृषि उपज केन्द्र पुग्ने मोटरबाटो खनेका हौँ,” उहाँले भन्नुभयो–“कृषिजन्य उत्पादनलाई बजारीकरण गर्न सडक र केन्द्रले थप सहयोग पु¥याउँछ ।” गाउँमा मोटरबाटो पुगेपछि स्थानीय बासिन्दा खुसी भएका छन् । रासस