भारतले आयोडिनयुक्त नुनका लागि रु एक करोड ७२ लाख सहयोग

काठमाडौँ, २५ पुस । भारतले नेपालमा आयोडिनयुक्त नुनका लागि रु एक करोड ७२ लाख ५० हजार सहयोग गरेको छ ।
वाणिज्य तथा आपर्ूर्ति मन्त्रालयमका सचिव नारायणगोपाल मलेगोलाई सो रकमको चेक नेपालका लागि भारतीय राजदूत रणजित रायले हस्तान्तरण गर्नुभयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा चालु आवका लागि आयोनुनका लागि रु छ करोड ९० लाख भारतीय सहयोग गर्ने सहमति अनुरूप पहिलो किस्ताका रूपमा सो सहयोग दिइएको हो ।

कण्ठरोग निवारण कार्यक्रमअर्न्तर्गत भारतले सो सहयोग दिएको हो । साल्ट ट्रेडिङ कर्पोरेसनमार्फ भारतबाट आयोडिनयुक्त नुन ल्याउन सो रकम खर्च गरिने छ । रासस