प्राङ्गारिक सहर बनाउने रहर

काठमाडौँ, १६ मङ्सिर । गैरआवासीय नेपाली सङ्घ -एनआरएन) का अध्यक्षसमेत रहिसक्नुभएका देवमान हिराचनको चाहना काठमाडौँलाई प्राङ्गारिक सहर बनाउने छ । एनआरएनको अध्यक्ष रहँदा आफूले गर्न नसकेको काम अब पूरा गर्छर्ुुन्दै उहाँले ग्लोवल क्यापिटल इन्भेस्टमेन्ट लिमिटेड -जिसिआई) मार्फ काठमाडौँलगायत विभिन्न सहरमा गरी करिब तीन हजार रोपनी क्षेत्रफलमा जैविक खेती सुरु गर्नुभएको छ ।

“तीनदेखि पाँच वर्षभत्र नेपालको अर्थतन्त्रको विकासमा योगदान पुर्‍याउने लक्ष्यका साथ प्राङ्गारिक खेतीको सुरुवात गरिएको भए पनि यस कार्यमा विभिन्न प्रकारका अवरोध आइरहेको छ,” उहाँले भन्नुभयो, “हामी कहाँ प्राङ्गारिक खेती कसरी गर्ने भनेर सिकाउने गुरुको अभाव छ, त्यसैले सबै ठाउँमा प्राङ्गारिक खेतीको महत्व बुझाउन सकिएको छैन र उत्पादन गर्न पनि सकिने अवस्था छैन ।”

काठमाडौँको रामकोटस्थित २२ रोपनी जग्गामा अहिले प्राङ्गारिक खेती भइरहेको छ । त्यस स्थानमा मौसमीमात्र नभई बेमौसमी तरकारीलाई समेत प्राङ्गारिक रूपमा उत्पादन गर्ने कार्य भइरहेको छ । “मौसमी तरकारी बजारमा आउँदा सबै एकैपटक आउने र बढी भएर कुहिने अवस्थासम्म पुग्छ र नआउँदा कुनै पनि तरकारी नआउने र बजारमा अभाव देखिने हुन्छ, त्यसैले यहाँ सदाबहार भइरहने तरकारीखेती गर्ने उद्देश्यका साथ यो काम सुरु गरिएको हो” – उहाँले भन्नुभयो ।

जिसिआईका अध्यक्षसमेत रहनुभएका हिराचनले जापानमा ४२ वर्षबिताउनुभएको थियो । जापानी प्रविधिलाई नेपालमा पनि प्रयोग गर्न सकिन्छ भन्दै उहाँले करिब रु एक करोडबराबरको जापानी मेसिन ‘भेक्टर’ लाई नेपालमा पहिलो पटक भित्रयाउनुभएको छ ।

यसले मलमा भएका जैविक पदार्थलाई सही तापक्रममा पकाएर खेतमा प्रयोग गर्न योग्य बनाउँछ । अनावश्यक कीटाणुलाई मार्ने र २४ घन्टामै मल तयार पार्ने काम यो मेसिनले गर्छ ।

“अहिले एक किलोग्राम मल चाहिने माटोमा हामीले एक चौथाई मात्र मल दिइरहेका छौँ, त्यसैले पनि हामीले राम्रो उत्पादन दिन सकिरहेका छैनौँ,” उहाँले भन्नुभयो ।

रामकोटस्थित सो फार्ममा ब्रोकाउली, काउली, गोलभेँडा, साग, खर्ुसानीजस्ता तरकारीखेती भइरहेको छ । समेत तातो, गर्मी, चिसो सबै प्रकारको मौसम सहन सक्नेखालको सागको बीउ ल्याइएकाले पनि बाह्रैमहिना नै हरिया सागको उत्पादन यहाँ हुने गरेको छ ।

यहाँ मधुमास विधिबाट समेत बीउ उत्पादन हुने गरेको छ । यस विधिमा माटोमा बीउ नरोपी गडयौला मललगायत यही उत्पादन भएको मल मिसाएर क्रेटमा राखिन्छ र त्यसमा बीउ रोपिन्छ । यस विधिबाट उत्पादन भएको बीउमा ढुसी रोग लाग्दैन भने बर्ेना बिक्री गर्दासमेत माटोमा उत्पादन गरेको बर्ेनाभन्दा बढी नाफा हुन्छ । यसबाट २५ देखि ३० दिनमा बर्ेना तयार हुन्छ । प्राङ्गारिक फार्ममा विषादीको प्रयोग नहुने भएकाले किरा लाग्न सक्ने सम्भावना बढी हुन्छ ।

प्राङ्गारिक मलअर्न्तर्गत गोबर कल, कुखुराको सुली, खरानी, हड्डीको धुलो, तोरीको पिना, काठको धुलो, सक्खर र आइपी लिक्विडको प्रयोग गरिन्छ । फार्ममा एउटै बोटबाट तीन किलोसम्मको तौल भएको काउली उत्पादन हुने गरेको अध्यक्ष हिराचन बताउनुहुन्छ । यस फार्ममा बन्दा, केराउ र गोलभेँडालाई एउटै ब्याडमा रोपिएको छ । यसले उत्पादनमा वृद्धि ल्याएको समेत उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – काठमाडौँका ६० देखि ७० प्रतिशत मानिस कुनै न कुनै रोगबाट पीडित रहेका छन् । यसका कारण खोजी गर्दै जाँदा विषादीयुक्त तरकारीको प्रयोग भएको मैले आफँैले गरेको अनुसन्धानबाट पत्ता लागेको छ । जैविक ताजा तरकारी खुवाउने र रोगबाट बचाउने उद्देश्यले जैविक खेती गरेको हुँ ।

सहरमा मात्र हैन गाउँगाउँमा गएर प्राङ्गारिक खेतीबारे जानकारी दिने र खेती गर्न सिकाउने उद्देश्यले हामीले कृषकलाई तालिमसमेत दिँदै आएका छौँ,” उहाँ भन्नुहुन्छ, “नेपाली जैविक तरकारीको बजार नेपालमा मात्र सीमित नगरी भारत र चीनमा समेत विस्तार गर्ने योजना छ ।” रासस