जाजरकोटका पहिरो पीडित चार महिनादेखि पालमा वास

जाजरकोट, ९ पुस । यहाँका पहिरोबाट घरजग्ग्ााविहीन बनेका परिवार चार महिनादेखि पालमा कष्टकर जीवन बिताउन बाध्य भएका छन् । जिल्लाको रामीडाँडा गाविसमा गत साउन २८ गते बिहान आएको पहिरोले यहाँका केही घर आँशिकरुपमा भत्किएका थिए भने केही घर पर्ूण्ारुपमा क्षत्रि्रस्त भएका थिए ।

पर्ूण्ारुपमा घर क्षति भएका घरका परिवार अहिले पुसको चिसोमा कठ्याँग्रिएर पालमुनि वास बस्न बाध्य छन् । रामीडाँडा-९ का हस्तवीर विकका चार, नरबहादुर विकका तीन, कर्ण्र्ााादुर विकका पाँचजनाको परिवार चार महिनादेखि चिसोमा कठ्याङ्ग्रिँदै पालमुनि वास बसिरहेका छन् ।
उनीहरुसँग अहिले रेडक्रसले बाँडेका भाँडाकँुडा, पाल र कम्बलबाहेक अरु केही छैन । रासस