एक मन अलैँचीको रु एक लाख

पाँचथर, १६ मङ्सिर । गत वर्षो तुलनामा यस वर्षअलैँचीले राम्रो भाउ पाएपछि सुदूरपर्ूर्वी पहाडी जिल्ला पाँचथरका कृषक उत्साहित भएका छन् । गत वर्षो तुलनामा यस वर्षझन्डै रु २० हजारले अलैँचीको भाउ बढेको छ ।

गत वर्षरु ८० हजारसम्ममा बिक्री भएको अलैँची अहिले प्रतिमन रु एक लाखका दरले बिक्री भइरहेको नेपाल अलैँची व्यवसायी सङ्घका वरिष्ठ उपाध्यक्ष दीपक नेपालले जानकारी दिनुभयो । अलैँचीको मूल्य यस पटक सबैभन्दा धेरै आकाशिएको छ ।

उहाँका अनुसार अलैँचीको उत्पादन भने गत वर्षो तुलनामा यस वर्षघटेको छ । गत वर्षपाँच हजार मेटि्रकटन उत्पादन भएको अलैँची अहिले भने छिर्के फर्ुर्के, गानो कुहिनेलगायत रोगका कारण उत्पादनमा कमी आउने अनुमान गरिएको छ । रासस