ती तन्नेरी ती किसान

मंसिर ४   विनोद सापकोटा । अध्ययन- नेपाली साहित्यमा स्नातक । काम- गाई पाल्ने । भरतपुरका यी तन्नेरीलाई सुरुवाती दिनमा धेरैले गाली गर्थे, ‘पढेलेखेका मान्छेले जागिर नखाएर किन गाई पालेको -‘ कतिले विदेश जान सुझाउ“थे । ‘एकचोटि त साह्रै प|mस्ट्रेसन भइयो,’ विनोदले सम्भिmए, ‘अनि भएको १५ वटा जति गाई बेचेर काठमाडौं आए“ ।’

यहा“ तीन महिना बसेपछि उनको मन अडिएन । अन्ततः गाउ“ फर्किए, दृढ अठोटका साथ । सुरुमा आलु रोपे । खोलाको पानी मोटरले तानेर सि“चाइ गरे । आलु फल्यो । व्यापारी बारीमै आए, ३० हजार लगानीको खेतीबाट ४० हजार रुपैया“ मुनाफा भयो । त्यसपछि गाई किने । आधुनिक गोठ बनाइयो । गोठमा एकपछि अर्को गर्दै गाईको संख्या थपियो ।

अहिले त्यो संख्या ३० पुगेको छ । स“गस“गै यसले ‘सौगात एनिमल र्फम’ को नाममा बृहत्तर रूप लिइसकेको छ । ‘सौगात’ ब्रान्डमै डेरी उद्योग सञ्चालित छ । ठेक्कामा लिइएको साढे चार रोपनी जग्गामा उन्नत घा“स लगाइएको छ । माछा पालिएको छ । आफ्नै एक सहपाठीलाई व्यवस्थापनको जिम्मेवारी दिएका छन्, अर्कालाई प्राविधिकको । ७ जना युवालाई पर्ूण्ाकालीन रोजगार दिएका छन् ।

भनौं, परिस्थितिले एक सय असी ड्रि्रीको फन्को मारिसकेको छ । गाई पाल्यो भनेर हियाउनेहरू अहिले भन्न थालेका छन्- ‘स्याबास्, तिमीले राम्रो गर्‍यौ ।’ नेपाल सरकारले अघिल्लो वर्षराष्ट्रिय युवा प्रतिभा सम्मान दियो, नगद एक लाखसहित । कृषि क्षेत्रबाट यस्तो सम्मान पाउने उनी पहिलो युवा हुन् । ‘उत्कृष्ट राष्ट्रपति पुरस्कार’ सहित अहिले उनले थुप्रै पुरस्कार र सम्मान पाइसकेका छन् ।

ती तन्नेरी ती किसान
ती तन्नेरी ती किसान

कृषिलाई सम्मानित व्यवसायका रूपमा स्थापित नगरेसम्म युवाहरू यसतर्फआकषिर्त हुने छैनन् । यही तथ्य बोध गरेरै उनले आफ्नै खर्चमा एउटा अभियान चलाए, कृषि विकासमा युवा संरक्षण । यसअर्न्तर्गत उनी ४५ जिल्लामा पुगे । युवा किसानको दुःख सुने । अन्तरक्रिया गरे । र, आफूले भोगेको/जानेको सुनाए । हालै मात्र उनले ‘कृषकको अदालत’ शर्ीष्ाकमा पत्रिका दर्ता गराएका छन् ।

रेडियो र टीभीमार्फ पनि यो कार्यक्रम जनमानसमा पुर्‍याउने उनको ध्येय छ । यस्तै अर्का पात्र छन्, नीराजन भट्टर्राई । ग्रामीण विकासमा मार्स्र्टस ड्रि्री र कानुनमा स्नातक गरिरहेका यिनलाई चिनाउने पेसा हो, सु“गुर पालन । चितवन माडीका यी तन्नेरीले जतिबेला सु“गुर हर्ुकाउने कर्म थाले, त्यही बेलादेखि धेरैले उनको संगत छाडे ।

उनी हार मान्ने खालका थिएनन् । त्यसैले बंगुर पालनलाई अझ व्यवस्थित बनाउ“दै लगे । पशु र्फम दर्ता गराए, ग्रामीण पशुपालन नाममा । लोकल कुखुरा पाले । हा“स पाले । माछा पाले । समाजमा उनलाई पछ्याउने बढे । कोही बंगुर पाल्न थाले, कोही माछा । यस किसिमको सकारात्मक परिवर्तनले उनमा थप ऊर्जा मिल्यो । अहिले खेती गर्न उत्साहित दौंतरीलाई ‘मोटिभेसन’ गरिरहेको बताउ“छन्, उनी ।

अझै पनि मेरो दिमागमा एउटा कुरा खेलिरहेको छ,’ उनले भने, ‘पढेलेखेका साथीहरूलाई कसरी गाउ“मा फर्काउने र खेती किसानीमा लगाउने -‘ पढेकाहरू जागिर नै खानर्ुपर्छ, विदेश नै जानर्ुपर्छ भन्ने पुरानो मान्यतालाई तोड्न चाहन्छन्, नीराजन । ‘पढेकाले घा“स काट्नु हु“दैन, गोबर सोहर्नु हु“दैन भन्ने छैन,’ उनी भन्छन्, ‘बरु यस्ता कामलाई थप वैज्ञानिक विधि अपनाएर छरितो बनाउनर्ुपर्छ ।’

कमाउनका लागि विदेश नै ताक्नर्ुपर्छ भन्ने छैन । नपत्याए, मछिन्द्र उप्रेतीलाई भेटौं । उनी अस्ट्रेलियाको पर्मानेन्ट रेजिडेन्स -पीआर) छाडेर नेपाल फर्किएका हुन् । पुर्ख्याैली जग्गामा ११ वटा पोखरी खनाए । अनि, माछा पाले । ‘त्यसपछि जिउ“दो माछा काठमाडांैमा ल्याएर बिक्री गर्ने योजनामा लागें,’ बानेश्वरको थापागाउ“स्थित उनकै माछा बिक्री केन्द्र अघिल्तिर गफिइरह“दा उनले सुनाए ।

खेती किसानीमै क्यारियर बनाउन तल्लीन अर्का तन्नेरी हुन्, राजन भट्टर्राई । पा“चथरको फिदिम बजारमा जन्मी हर्ुर्केका उनलाई नपुग्दो केही थिएन । प्रशस्तै पुर्ख्याैली सम्पत्ति थियो, निजी स्कुल थियो । तैपनि उनी पुगे, पा“चरथरकै दूरदराज चरिभन्ज्याङमा । त्यहा“ उनका बाबुलगायतले चिया रोपेका थिए, २५ वर्षघि । तर, उचित स्याहार सम्भार भएको थिएन । न त प्रतिफल नै पाइएको थियो ।

‘त्यही बगान स्याहार्नुपर्छ भन्ने लाग्यो,’ राजन भन्छन् । उनको योजनामा साथ दिन आइपुगे, रामकुमार योङहाङ र प्रकाश रायमाझी । सहकारीको नाममा रहेको बगान ठेक्कामा लिए । सानो प्रशोधन कारखाना बनाए । अनि, चिया उत्पादन गर्न थाले । अहिले उनीहरूले अर्गानिक विधिबाट विशेष किसिमको चिया उत्पादन गर्दै आएका छन्, पाथीभरा ब्रान्डमा । स्रोत इकान्तिपुर