फस्टाउँदै माहुरीपालन

डडेल्धुरा, ८ कार्तिक । डडेल्धुरामा पछिल्लो समय माहुरीपालन व्यवसाय फस्टाउँदै गएको छ ।

माहुरीपालनबाटै डडेल्धुराका व्यवसायीले बर्सेनि करोडौँ आम्दानी गर्न सफल भएका छन् । डडेल्धुराका विभिन्न गाविस र नगरक्षेत्रमा बढ्दै गइरहेको माहुरीपालनका कारण जीवनस्तरमा राम्रो परिर्वतन आएको छ ।

mahuripalannepal

व्यावसायिक मौरीपालनले स्थानीयस्तरमा रोजगारी सिर्जना भएको छ भने मह तथा घार निर्यातका लागि डडेल्धुरा प्रसिद्ध बन्दै गएको छ ।

डडेल्धुरामा आधुनिक र खोपे गरी करिब २० हजारभन्दा बढी घारमा मह उत्पादन भइरहेकोे कृषि विकास कार्यालयको तथ्याङ्क छ ।

मौरीपालक किसानको समूहगत आम्दानी बर्सेनि दसौँ करोड रूपैँया रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । मौरीपालनबाट छोटो समयमै फेरिएको जीवनप्रति यहाँका किसान दङ्ग छन् ।

मौरीपालनप्रतिको आकर्षणलाई ध्यानमा राखी सीप विकास, बजार र चरन प्रवद्र्धनलाई प्राथमिकतामा राखिएको सो कार्यालयले जनाएको छ ।

सिँचाइ सुविधा नचाहिने र कम लगानीमै व्यवसाय गर्न सकिने तथा उच्च बजार सम्भावना भएकाले मौरीपालन व्यवसायमा आकर्षण बढिरहेको कृषि कार्यालयले जनाएको छ । रासस

  • Tej bahadur deuba

    good income