कृषिमा युवा अवको वाटो

खबरडेक्स, कार्तिक १ । हामी भाग्यमानी छौँ कि नेपाललाई प्रकृतिले धनि र पुख्र्यौलीले सुन्दर देश बनाइदिएको छ । यद्यपी अस्थिर राजनीतिका कारण देशव्यापी सामाजिक प्रतिकुलताले गर्दा स्थानिय स्रोत साधनको सहिपहिचान तथा सदुपयोग हुन नसकेकै कारण रोजगारिकालागि युवाहरु विदेशिनु परेको तीतो यथार्थ हाम्रो सामु छ । मुलुकका ४२ प्रतिषत युवामध्ये ३८.८ प्रतिषत युवा बेरोजगार छन् ।

एकातिर युवा बेरोजगारी गुणात्मक रुपमा बढ्दै छ भने अर्कोतर्फदैनिक हजारौको सङ्ख्यामा युवाहरु विदेश पलायन हुने क्रम जारि नै छ । न्ोपाल श्र्रमशक्ति र्सर्वेक्षण अनुशार dmञ्डै ७० प्रतिशत शिक्षित युवाहरु मध्ये ५४ प्रतिशत युवाहरु बेरोजगार छन् । २८ प्रतिशतले मात्र सीपमुलक तालिम पाएका छन् । त्यति मात्र हैन, नेपाल किशोरकिशोरी तथा युवा र्सर्वेक्षणले १० वर्षदेखि २४ वर्षम्मका २७ प्रतिशत लाई आफ्नो भविष्यबारे कुनै सोच नै नभएको देखाएको छ । अपार सम्भावना बोकेको देशमा जन्मेर पनी स्वदेशमै कुनै अवसर न पाउनु तथा राज्यले यस्ता गम्भिर मुद्यालाई बेवास्ता गर्नु ठुलो विडम्बना हो ।

परिणम स्वरुप विदेशमै आफ्नो श्रम तथा पसीना बेच्न बाध्यछन् हाम्रा युवाहरु । विदेशी श्रमबजारका “खोटा सिक्का” भएका छन् नेपाली युवाहरु ।
कुनै समय कृषिमा आत्मनिर्भर भई निर्यात गर्ने क्षमता समेत रहेको तर अहिले ठुलो अँश आयातमा भर पर्न गएकाले देशको अर्थव्यवस्थामा खतराको घण्टी बज्नथालेको सजीलै सुन्न सकिन्छ । वर्षोनि झण्डै १५ अर्वको मासु तथा र्५अर्व बराबरको हरियो तरकारी तथा अन्य खाद्यान्न सामग्री आयात गर्नु परेका छ, ग्ात आर्थिकवर्षा मात्र बिरगंज नाका हुदै ३५ करोड ६६ लाख रुपिया बराबर तरकारी आयात गरिएको थियो जुन अघिल्लो वर्षो तुलनामा ५४ प्रतिशतले वृधि भएको हो । अघिल्लो आर्थिक वर्षा २२ करोड १० लाख्ा ५८ हजार बराबर १३ हजार ४६ मेट्रिक टन कृषि जनय पदार्थ आयात गरिएको थियो भने गत आथ्ािर्क वर्षा २५ हजार १७६ मेटिक टन अर्थात dmञ्डै दोब्बर ।

केन्द्रिय बैकँका अनसार गत वर्षमात्र कुल व्यापर घाटा २४.५ प्रतिशत पगेको छ । यसरी हर्ेदा कषिमा निर्यात बढाउने सरकारी निति असफल भएको देखिन्छ । कृषि विकासका लागि स्थापना गरिएका कृषि विकास बैँक समेत यसमा असफल भएको छ । ब्ााहिरबाट हर्ेदा लगानी र पुजीँका हिसाबले जति सम्पन्न र सुविधायुत्त देखिन्छ भित्र पसेर बुdm्दा र व्यहोर्दा उतिनै पीडक र किसानहरु पीडित रहेछन् । कृषि प्रधान देशमा कृषि विकास वैँक कृषक र कृषिका लागि भरपर्दो, विश्वासिलो र मनपर्दो हुनुपर्ने हो जुन हिजो भए पनि आज छैन । धितो नहुनेका लागि कृषि विकास बैँक “आकाशको फल आँखा तरी मर” भने जस्तै हो ।

“नानी भन्दा आचि ठुला”े भने जस्तै र्सवसाधारण किसानका लागि क्रृण लिन भन्दा कागजी प्रकृया पर्ुयाउनै समस्या छ । ध्ाान खेती गर्न चाहने किसानले क्रृण लिन खोज्दा उस्ले क्रृण पाउने वेला सम्म गहँु काटि सकेको हुन्छ । वैकँ भित्र पाँच वटा सम्म युनियनहरु छन् । राम्रा र दक्ष कर्मचारी जती पछाडी, हाम्रा र अदक्षहरु चाही सबैभन्दा अगाडी देखिने परम्परा त्यहाँ अझैपनी देख्न पाईन्छ । राजनीतिले गर्दा असल किसान भन्दा पनी आफनो किसानलाई खुसी पार्ने प्रचलन बढेको छ । राजनीतीकरण बाट मुक्त हुन न सक्नु र प्रतीस्पर्धीको पहिचान गरेर समयमै कदम चाल्न नसके बैँकको छमता तथा कर्मचारीहरुमा सँस्थागत सोच माथी नै प्रश्न खडा हुन सक्ने देखिन्छ ।

भारत सँगको पारवहन प्रावधान सँशोधन न भएको ३५ वर्षभई सक्यो । सन १९९६ मा भएको दर्ुइपक्षिय व्यापारसन्धि पनि सन २००२ पछि गैर भन्सार लगायतका अवरोधहरुले गर्दा निर्यातमा यसको प्रतिकुल असर परिरहेको छ । केन्द्रिय बैँककै अर्को तथ्याड.्क अनुशार कुल व्यापरघाटा मध्ये भारत सँगको घाटा त्रि्र रुपमा बढेको छ । ग्ात आर्थिक वर्षो अवधिमा व्यापरघाटा २७.४ प्रतिशतका उच्च दरले बढेको छ जबकी अघिल्लो वर्षयो घाटा १३ प्रतिशत मात्र थियो । यसरी घाटा र आयात गुणात्मक रुपमा बढ्रदै जानु देशको आर्थिक अवस्थालाई असफलता तिर डोर्याउदै लगेको सहजै अनुमान गर्न सकिन्छ । प्रतिस्पर्धात्मक क्षमता र आधारभुत सुधारको कारण समेत निर्यात न बढ्ने निस्चित प्रायः छ ।

अहीलेको बीग्रदो आर्थिक अवस्थालाई सधार्न युवाहरु अघि र्सर्नुपर्ने देखिन्छ साथै युवाहरुलाई आकर्षा गर्नसक्ने कार्यनीति ल्याउनु अत्यावस्यक आवस्यकता हो । युवाहरु पलायन हुदै जानु तथा कृषि व्यावसाय धरासायी हुदै जानुले देशको अर्थव्यवस्थामा दर्ीघकालिन असर पार्नुका साथै यसले युवाहरुमा देशप्रतिको लगाव समेत घट्दै गएको छ । विदेसिएका युवाहरु स्वदेश र्फकन नचाहेकाले कालान्तरमा देशले ठुलो समस्या भोग्ने सम्भावना बढ्दै गएको छ । कृषि विकासका लागि सरकारी तवर वाट जब सम्म कुनै ठोस कदम चालिदैन तब सम्म अपेक्षाकृत विकास सम्भव छैन । कृषि विकास बैँक लाई प्रविधि तथा लगानीको रत्तसन्चारको रुपमा सवल बनाउन सक्नु पर्छ । कृषिमा सँलग्न हुन चाहने युवाहरुलाई प्राविधिक तालिमका साथै आवस्यक तथा सुलभ बन्दै गएको नया प्रविधिको प्रयोग, सुरक्षा, बजारीकरण तथा व्यवसथापनमा विशेष ध्यान दिनपर्ने देखिन्छ ।

किसानमैत्री नीतिनियम बनाउने, कार्यान्वयन गर्ने, व्यावसायिक रुपमा कृषिमा लाग्न खोज्ने युवाहरुलाई सहुलियत स्वरुप कम व्याजदरमा क्रृण उपलब्ध गराउने तथा कृषिबिमा लाई सहज अनि सरल बनाउने जस्ता महत्वपर्ण्र्ााार्यहरु गर्नु पर्ने आवस्यक्ता छ । ज्ानचेतना र सहजीकरणका साथसाथै कृषि क्षेत्रमा व्याप्त राजनीतिलाई नियन्त्रण गरि अगाडि बढ्नेहो भने सहजै लाभ उठाउन सकिन्छ । अतः निति नियम र सम्dmौताहरु माथि पर्ुनविचार गर्दै “सानदार नाराहरु म्ाात्र हैनर् इमान्दार अभियान” लिएर अगाडि बढेमा आवस्यकता र चुनौति सँगै अपार सम्भावना तथा अवसरको सदुपयोगगरि कृषिबाट लाभ उठाउन्ा सकिन्छ । युवा अघि बढौँ ।
एम .जे .झा

कृषिमा युवा अवको वाटो
लेखक स्वरोजगार अभियानका संयोजक हुन् ।