दसैँ-तिहारमा दुई दिन मदिरा बिक्री बन्द गर्ने सहमति

भीमदत्तनगर, १० असोज । दसैँ र तिहारमा कञ्चनपुरमा दुई दिन मदिरा बिक्रीवितरण पर्ूण्ा रुपले बन्द गर्ने भएको छ ।
दसैँ र तिहारमा मदिरा सेवनकै कारण हुन सक्ने अप्रिय घटना रोकथामका लागि स्थानीय प्रशासनले दसैँको टीका र तिहारको भाइटीकाका दिन १२-१२ घण्टा मदिरा कारोबार बन्द गर्ने सहमति गरेको हो । स्थानीय प्रशासनको उक्त निर्ण्र्ााा सम्बन्धित निकाय होटल व्यवसायी सङ्घ कञ्चनपुर र उद्योग वाणिज्य सङ्घले पनि सहमति जनाएका छन् । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरेको पहलमा सो दुई दिन मदिरा बिक्रीवितरण बन्द गर्ने सहमत भएको मदिरा नियन्त्रण अनुगमन समितिकी अध्यक्ष भवगती थापाले जानकारी दिनुभयो ।

“गाउँमा त धान, गहुँ बेचेर पनि चार्डपर्वमा रक्सी खानर्ैपर्छ भन्ने संस्कार जस्तै छ”- उहाँले भन्नुभयो-“मदिरा नियन्त्रणका लागि गाउँघरमा बिक्री गर्न नै इजाजत बन्द गरिएको छ ।” त्यसैगरी जिल्ला प्रहरी कार्यालयले पनि अवैध मदिरा नियन्त्रणका लागि सुरक्षा निकाय लागिपरेको जनाएको छ । रासस