अनुमतिबिना सञ्चालित निजी विद्यालयहरु कानुनी दायरामा

गाईघाट -उदयपुर, १२ असार । उदयपुर जिल्लामा लामो समयदेखि अनुमतिबिना सञ्चालन हुँदै आएका निजी विद्यालय यसपटकदेखि कानुनी दायरामा आएका छन् ।

स्वीकृतिबिना नै कक्षा सञ्चालन हुँदै आएका झन्डै दुई दर्जन निजी विद्यालयलाई यसपटकदेखि कक्षा सञ्चालन गर्ने अनुमति प्रदान गरिएको जिल्ला शिक्षा कार्यालय उदयपुरले बताएको छ । भौतिक पर्ूवाधार तथा जनशक्तिको अवस्था हेरेर दुवै पक्ष सबल देखिएका विद्यालयलाई कक्षा सञ्चालन गर्ने अनुमति प्रदान गरी कानुनी दायरामा ल्याइएकोा उदयपुरका जिल्ला शिक्षा अधिकारी हरिहर धितालले बताउनुभयो ।

कानुनी दायरामा ल्याई कक्षा सञ्चालनको अनुमति प्रदान गरिएको निजी विद्यालयमा १२ वटा प्राथमिक तहका छन् भने झन्डै एक दर्जनको हाराहारीमा निम्नमाध्यमिक तहका छन् । लामो समयदेखि ती निजी विद्यालयले अनुमतिबिना नै कक्षा सञ्चालन गर्दै आएका थिए । यसबाट विद्यालयलेे तहगत रुपमा राज्यलाई तिर्नुपर्ने राजस्वसमेत ठगी हुने गरेको थियो ।

यस विषयमा उदयपुरका जिल्ला शिक्षा अधिकारी धितालको धारणा यस्तो रहेको छ – “सामान्य रुपमा दर्तामात्र गरेर केही निजी विद्यालयले प्रावि तथा निमावि तहसमेत सञ्चालन गर्दै आएका रहेछन्, उनीहरुको जनशक्ति र विद्यालयको भौतिक पर्ूवाधार हर्ेदा विद्यालय सञ्चालन गर्न योग्य देखिएकाले पनि अनुमति प्रदान गरिएको हो ।” यस्ता निजी विद्यालयले कक्षा सञ्चालन गर्न अनुमतिका लागि पनि लामो समय अघिदेखि शिक्षा कार्यालयमा निवेदन पेस गरेको पाइएका कारण पनि कक्षा सञ्चालन गर्न अनुमति प्रदान गरिएको जिशिका उदयपुरको भनाइ छ ।

अहिले यहाँका निजी विद्यालयहरुमा झन्डै पाँच हजारको हाराहारीमा बालबालिका अध्ययन गर्दै आएको निजी विद्यालयको छाता सङ्गठन प्याब्सन उदयपुरले बताएको छ । रासस