आयो र ढिके नुनको खपत बराबर

खजुरा -बाँके, ३० जेठ । मध्यपश्चिमाञ्चल क्षेत्रमा आयो र ढिके नुनको खपत बराबर मात्रामा हुँदै आएको छ ।
‘आयो नुन औषधिको गुण’ भन्ने नारासहित आयो नुनको प्रयोग गर्नुपर्नेमा जोड दिइँदै आए पनि मध्यपश्चिमाञ्चल क्षेत्रमा ढिके नुन पनि उत्तिकै मात्रामा खपत हुने गरेको छ ।

यस क्षेत्रका पहाडी जिल्लामा बढी मात्रामा ढिके नुनको प्रयोग हुँदै आएको छ । साल्ट ट्रेडिङ क्षेत्रीय कार्यालय, नेपालगन्जले मध्यपश्चिमका लागि वाषिर्क ८७ हजार ५०० क्विन्टल ढिके नुन भारतबाट आयात गर्दै आएको छ । ट्रेडिङले त्यति नै मात्रामा आयो नुन आयात गर्ने गरेको कार्यालयका निमित्त प्रमुख मनोज चौधरीले जानकारी दिनुभयो । यस क्षेत्रमा ५०/५० प्रतिशत कोटाका आधारमा ढिके र आयो नुन आउने गरेको उहाँको भनाइ छ । रासस