सिलाइ कटाइबाट राम्रो आम्दानी

सप्तरी, २० फागुन । सप्तरीको कविलाशा गाविस-४ की मुर्तीदेवी रामलाई अचेल लुगा सिलाइ गर्न भ्याइनभ्याइ छ । घरभित्र बसेर बेकारमा समय बिताउनुभन्दा सिकेको सीपबाट राम्रो आम्दानी गर्न सकिन्छ भने सोच बनाएर मुर्तीदेवीले आ‹नै घरमा सिलाइ कटाइ पेसा गर्दै आउनुभएको छ ।

उहाँ भन्नुहुन्छ- ”करिब दुई वर्षघिबाट आफूले एउटा लुगा सिउने मेसिनबाट सिलाइ कटाइको काम सुरु गरेको र अहिले चार वटा मेसिन खरिद गरेर व्यावसायिक रुपमै सिलाइ कटाइको काम गर्दै आएकी छु ।” महिला र पुरुष दुवैको लुगा सिलाइ गर्न सिपालु मुर्तीदेवी कविलाशा गाविस मात्र होइन्, वरिपरिका गाविस र सहरमा पनि सिलाइ कटाइको मास्टरको रुपमा समेत पहिचान बनाउन सफल हुनुभएको छ ।

silai-katai

श्रीमान् दीपेन्द्र रामसहित परिवारका सदस्यको सहयोगमा सिलाइ कटाइ पेसा सञ्चालन गर्दै आउनुभएकी मर्ुर्तिदेवीलाई काम गर्न भ्याइनभ्याइ छ । सिलाइ कटाइबाट घरमै बसेर बर्सर्ेे करिब रु तीन/चार लाखभन्दा बढी आम्दानी हँुदै आएको उहाँको कथन छ ।
मर्ुर्तिदेवी भन्नुहुन्छ- ”म महिलाको लुगा सिउँछु, श्रीमान्ले पुरुषको पाइन्ट, र्सटलगायतका लुगा सिलाइ गर्नुहुन्छ ।”

”क्रेस नेपाल सप्तरीले गरिबी निवारण कोषको सहयोगमा सञ्चालन गरेको आयआर्जन कार्यक्रमअर्न्तर्गत दर्ुइ वर्षघि रु २० हजार ऋण लिएर सुरु गरेको लुगा सिलाइ कटाइ कामबाट अहिले करिब रु छ लाखको पुँजी बनाइसकेकी छु, सिलाइ कटाइकै कामबाट भएको आम्दानीले छ जनाको परिवार पनि पाल्दैछु र दर्ुइ जना छोराछोरीलाई पढाउँदै आएकी छु ।” उहाँको सुखद अनुभव छ ।

पहिला घरमै घुम्टोभित्र बस्दा श्रीमान्ले खाडीमुलुकबाट कमाएर ल्याएको पैसाबाट घर परिवार चलाउन धौधौ हुन्थ्यो अहिले आफूहरू दुवै जना -श्रीमान् र श्रीमती) सँगै घरमै बसेर सिलाइ कटाइको काम सुरु गरेपछि त्यो समस्याबाट छुटकारा पाएको बताउँदै उहाँ भन्नुहुन्छ- ”श्रीमान् र बालबच्चासँगै घरमा बसेर काम गर्नुको मज्जा छुट्टैछ, त्यसमा पनि घरमै बसेर राम्रो आम्दानी हुन थालेपछि सन्तुष्ट छु ।”

श्रीमतीले सिलाइ कटाइको काम थालेपछि आफू पनि सिलाइ कटाइको काम गर्न थालेको मर्ुर्तिदेवीका श्रीमान् दीपेन्द्र राम भन्नुहुन्छ- ”अहिले घरमै सिलाइ कटाइको तीन वटा मेसिन र एउटा इन्टर लक मेसिनसमेत खरिद गरिसकेको छु ।” कविलाशा गाविससँगै छिमेकी रञ्जीतपुर, पातो, मधुवनलगायतका गाविसबाट समेत लुगा सिलाइका लागि आफू कहाँ आउने गरेको दीपेन्द्र रामको भनाइ छ ।

दैनिक रु ५०० देखि रु एक हजारसम्म आम्दानी हुँदै आएको बताउँदै दीपेन्द्र भन्नुहुन्छ- ” विवाहको लगन भएको महिनामा बढी आम्दानी हुन्छ ।”

घरमै घुम्टोभित्र महिलाहरू बस्नर्ुपर्ने पुरानो संस्कारलाई चुनौती दिँदै मर्ुर्तिदेवीले देखाएको उत्साहजनक सहभागिताले सकारात्मक सन्देश दिएको बताउँदै घरेलु तथा साना उद्योग कार्यालय सप्तरीका प्रमुख रघुवर साह भन्नुहुन्छ- ”मर्ुर्तिदेवीले देखाएको उत्साहबाट पाठ सिकेर महिलाहरू अघि बढ्न सके आर्थिकसँगै सामाजिक क्षेत्रमा समेत ठूलो परिवर्तन आउन सक्छ ।”

अवसरसँगै परिवारजनबाट सहयोग प्राप्त भए महिलाहरू पनि केही गर्न सक्छन् भन्ने कुरामा कुनै शङ्का नरहेको प्रमुख साहको विश्वास छ । रासस