चुरा व्यवसायले नजमाको जीवन परिवर्तन

सप्तरी, ११ चैत । केहीवर्षअघिसम्म दुई छाक कसरी टार्ने भन्ने चिन्तामा डुबेकी सप्तरीको ब्रहृमपुर गाविस-३ की नजमा खातुनलाई अब भने दुःखको दिन गएको छ ।

सुकुम्बासी भएकाले आर्थिक उन्नति गर्ने सोचसमेत नबनाएकी नजमाको अहिले चुरा व्यवसायबाट राम्रो आम्दानी हुन थालेपछि दुःखको दिन गएको हो । जातीय मान्यताअनुसार मुस्लिम महिलालाई बाहिर जानबाट समेत रोक लगाइरहेका बेला उनी सामाजिक घुम्टोलाई चुनौती दिँदै चुरा व्यवसायमा जुटेकी छिन् ।

चुरा व्यवसाय गर्ने इच्छा भएर पनि पुँजी अभावका कारण त्यसले मर्ूतता पाउन सकेको थिएन तर २०६८ सालमा गरिबी निवारण कोषको साझेदारीमा क्रेस नेपाल सप्तरीले गरिबी निवारणका लागि आयआर्जन पर््रवर्द्धन कार्यक्रम सञ्चालन गरेपछि आफ्नो सपना साकार भएको नजमा बताउँछिन् ।

उनी भन्छिन् ”गरिबी निवारण कार्यक्रमअर्न्तर्गत गाउँमा गठन भएको महिलाहरूको समूहमा आबद्ध भएपछि, त्यही कोषबाट ऋण लिएर आयआर्जनको बाटो रोजेकी हुँ ।” गरिबी निवारण कोषबाट रु २० हजार ऋण लिएर सुरु गरेको चुरा व्यवसायबाट विगत दर्ुइ वर्षो अवधिमा करिब रु एक लाख ५० हजारभन्दा बढीको पुँजी बनाइसकेको नजमाको कथन छ ।

गाउँ नजिकै हप्तामा दर्ुइ दिन हटिया लाग्ने ब्रहृमपुरबाट चुरा बेच्न सुरु गरेकी नजमाले हाल पातो, कबिलाशा, अमरलती चोक तथा घरघरमा गएर चुरा बेच्दै आएकी छिन् ।

लाहान र राजविराजबाट चुरा ल्याएर गाउँमा बिक्री गर्दै आएकी नजमाले यस व्यवसायबाट अचेल दैनिक रु एक हजारदेखि एक हजार ५०० सम्म आम्दानी गर्दै आएकी छिन् ।

सो गाविसका विपन्न परिवारका महिलाहरू आबद्ध भएको राजाजी सामुदायिक संस्थाकी सदस्यसमेत रहेकी नजमा समूहकै माध्यमबाट आफू अहिलेसम्म विभिन्न आयआर्जनमूलक, नेतृत्व विकास र लेखा व्यवस्थापनलगायतका तालिम प्राप्त गर्न सफल भएको बताउँछिन् । रासस