माघको अन्तिम सम्ममा सरकार गठन- भीम रावल

साफल्य शर्मा

खवरडेस्क,९ माघ ।

भीम रावल,केन्द्रिय सदस्य एमाले

राष्ट्रपति,उपराष्ट्रपतिको सर्न्दर्भमा त्यही नै मुख्य कुरा हो

पार्टी भित्र ब्यापक धुव्रीकरण छैन

संविधानसभाको बैठक नै शुरु भइसक्यो,सरकार चांही कहिले निर्माण हुने हो -

सरकार गठनको प्रक्रियामा विलम्ब हुनुको मुख्य कारण नेपाली कांग्रेसको संसदीय दलको नेता छनौट नहुनु नै हो । किनभने कांग्रेसले सबैभन्दा ठुलो दलको हैसियतले सरकार निर्माणको प्रस्ताव ल्याओस भनेर हामीले भनिसकेका छौं । कांग्रेसको तर्फाट सरकारको नेतृत्व कसले गर्छ भन्ने कुरा स्पष्ट नभएकोले सम्भवत यस सम्बन्धमा पहल गर्न पनि समस्या भएको हुनसक्छ । हामीले पनि कुन ब्यक्तिलाई केन्द्र मानेर कुरा गर्ने भन्ने अपठ्यारो भएको स्थिती हुन सक्छ । कांग्रेसको संसदीय दलको नेताको छनौट भइसकेपछि सरकार निर्माणले त्रि्रता लिन्छ । एमालेको पनि १० माघदेखि केन्द्रिय समितिको बैठक बस्दै छ । त्यो बैठकपछि हाम्रो संसदीय दलको नेता छनौटको काम पुरा गछौं । त्यसपछि मलाई लाग्छ,माघको तेस्रो हप्ताबाट सरकार निर्माणले त्रि्रता लिएर माघको अन्तिमसम्ममा सरकार गठन होला ।

कांग्रेसमा कुन ब्यक्तिलाई केन्द्रमा राखेर एमालेले कुरा गर्ने भन्नुभयो,के एमाले कांग्रेसबाट अमुक ब्यक्ति प्रधानमन्त्री होस भन्ने चाहन्छ -

हामीले कांग्रेसको कुनै नेता विशेषलाई तपाई नै प्रधानमन्त्री हुनर्ुपर्छ भनेका छैनौ । आफ्नो पार्टर्ीीट कसलाई प्रधानमन्त्री बनाउने भन्ने बिषय कांग्रेसको आन्तरिक कुरा हो । संविधान निर्माणको काममा कुनै प्रतिकुल प्रभाव नपर्ने गरी सहमतिबाट सरकार निर्माण गरौं भन्ने हाम्रो भनाई हो । जनताले जुन प्रकारको जनादेश दिएका छन,त्यो जनादेशको सम्मान हुने गरी राज्य संचालनका विविध बिषयमा जिम्मेवारी बांडफाड गरौं भनेका छौं ।

सायद एमालेले प्याकेज सहमती भनेर भागभण्डातिर संकेत गर्न खोजेको होला । कि के हो -

जिम्मेवारी बांडफांडको बिषयलाई कसैले सत्ता,कर्ुर्सर्ीीे बांडफाड भनेर ब्याख्या गरेका छन र तर त्यो होइन । किनभने हाम्रो जस्तो देशमा सरकार संचालनको कुराले सबैतिर प्रभ्ााव पारेको सबैलाई थाहै छ । भोली हामीले जुन सरकार निर्माण गछौं त्यो सरकार संचालनको कारणबाट फेरी संविधान निर्माणमा नकारात्मक प्रभ्ााव नपरोस भनेर नै हामीले प्याकेज सहमति गरौ भनेको हो ।

अब बन्ने सरकारको संरचना कस्तो हुन्छ – त्यसमा कांग्रेस र एमाले मिलेर संचालन गर्छन वा एमालेको अन्य कुनै भुमिका हुन्छ -

सरकार संचालन गर्दा संविधान निर्माणमा कुनै प्रतिकुल प्रभाव पर्नु हुदैन । यसैले अहिलेको सरकार सहमतिको सरकार हुनर्ुपर्छ । सबैभन्दा ठुलो दलका रुपमा कांग्रेसले सरकारको नेतृत्व गर्ने हो भने खासगरी एमालेले जनताबाट जुन प्रकारको जनादेश प्राप्त गरेको छ सोही अनुसार कांग्रेसले सरकार संचालन गर्ने कार्ययोजना ल्याओस भन्ने हाम्रो धारणा छ । एमाले आफुमात्र हैन,एनेकपा माओवादी लगायतका राजनीतिक दलहरु पनि सरकारमा रहुन भन्ने चाहन्छ । संविधान निर्माणको कामसम्म सहमतिको सरकार बनाएर संविधान जारी गर्नुपर्छ । त्यसपछि राज्यको पर्ुनसंरचनामा पनि भरसक अप्ठयारो नपरोस भन्न्ााका लागि त्यो सरकारले खाका बनाएर संविधान निर्माणतिर पाइला चाल्नर्ुपर्छ । यसैले सहमतिको सरकार नै हाम्रो प्राथमिकता हो ।

एमालेको नेतृत्वमा सरकार बन्ने सम्भावना चांही छैन रहेछ -

हामीले एमालेको नेतृत्वमा सरकार बन्नर्ुपर्छ भन्ने धारणा नै राखेका छैनौ । कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउनै नसक्ने भयो भने दोस्रो ठुलो राजनीतिक दलको हैसियतले हामीले अग्रसरता लिने कुरा पछिको कुरा भयो । तर अहिले नै हामीले हाम्रै नेतृत्वमा सरकार बन्नर्ुपर्छ भनेर दावी गरेका छैनौ ।

Bhim_Rawal

एमाले लगायतका राजनीतिक दलहरुले एक बर्षभत्र संविधान दिन्छौ  भन्ने वाचाकासाथ जनतामा गएका थिए । तर सरकार गठनदेखि पद भागबण्डालगायत प्रशासनिक कामदेखि प्राविधिक कामहरु पुरा गर्नमै आधा बर्षबित्ला जस्तो छ । वाचा कसरी पुरा हुन्छ

संविधानसभाको निर्वाचनको बेलादेखि एक बर्षभत्र संविधान निर्माण गर्ने कुरा थियो । दर्ुइ महिना यसै बितिहाल्यो । अब संविधानसभा बसेको एकबर्षभत्र संविधान निर्माण गर्ने भन्ने अर्थ लाग्ने स्थिती छ । यदि सहमतिबाट अघि बढ्ने हो भने प्रशासकिय र प्राविधिक दृष्टिकोणबाट एकबर्षभत्र संविधान बनाउन सक्छौं । किनभने हामीले धेरै जसो कुराहरुमा अभ्यास गरेर सहमति  कायम गरीसकेका छौं । मुलभुत रुपमा राज्यको पर्ुनसंचरना र शक्तिको बांडफाड तथा राज्यको शासकिय स्वरुपको बिषयमामात्र ठुलो मतभेद हो । यो बिषयमा पनि संविधानसभा बिघटन हुनुभन्दा ठिक अगाडी २ जेठमा जुन सहमति भएको थियो,त्यतिबेला हामीले ११ प्रदेश निर्माण गर्ने,मिश्रति शासकिय स्वरुपमा जाने जस्ता बिषयमा सहमति गरेर कार्यदल बनाएर त्यो कार्यदलले आफ्नो तर्फाट धेरैजसो बिषयहरुमा यसरी सहमति हुनसक्छ भनेर आफ्नो प्रतिवेदन तत्कालिन विवाद समाधान उपसमितिमा प्रस्तुत गरीसकेको थियो । अन्तरिम संविधान अर्न्तगत हामीले देशलाई कहिलेसम्म चलाउने भन्ने कुरालाई ध्यानमा राखेर जाने हो भने हामीले एक बर्षभत्र संविधान जारी गर्न सक्छौ ।

हिजो संविधान बन्न नसक्नुको पछाडिका जुन मुलभुत पक्षहरु थिए ती पक्षहरु अहिले पनि विद्यमान होला,यस्तो स्थितीमा संविधान कसरी बन्छ र -

हो, त्यो स्थिती विद्यमान छ । तर यसबीचमा राजनीतिक दलहरुले अहिलेको अवस्थाबाट धेरै शिक्षा र अनुभव प्राप्त गरीसकेको हुनर्ुपर्छ । खासगरी राज्यको पर्ुनसंरचनाका सम्बन्धमा प्रदेशहरुको सिमाकंन र नामाकंन जस्ता बिषयमा पुरानै अडान राख्ने हो भने हाम्रा अगाडी दर्ुइवटा विकल्प छन । एउटा, प्रक्रियामा गएर हामीले त्यसलाई संविधानसभामा गएर टुंग्याउन सकिन्छ । यो कुरा पहिले एमाओवादी र अरु दलहरुले पनि पटक पटक भन्दै आएका छन । हामीले पनि प्रक्रियामा जाने भए जाऔं भनेका थियौं त्यसबेला । प्रक्रियामा गएर भए पनि टुग्यांउनर्ुपर्छ भनेर संविधानसभाको निर्वाचन पर्ुव राजनीतिक दलका नेताहरुले सहमती गरेका थिए,तदअनुकुल राजनीतिक इमानदारी अनुरुप अगाडी बढ्नर्ुपर्छ ।

दोस्रो विकल्प भनेको यदि प्रक्रियागत रुपमा अघि बढ्दा पनि सहमति हुदैन भने र्सार्वभौमसत्ता सम्पन्न जनतालाई सोध्नुपरयो । यसको अर्थ हो,जे कुरामा धेरै मतभेद हुन्छ त्यो बिषयमा जनमत संग्रह गर्नुपरयो । तर जनताको निर्ण्र्ाापनि नमान्ने र प्रक्रियामा पनि जान नमानेर  देशलाई अनिर्ण्र्ााो बन्दी बनाउन मिल्दैन ।

प्रसङ्ग बदलौ,संविधानसभा निर्वाचन लगत्तै एमालेको भुमिका परिपक्व नदेखिए जस्तो देखियो । राष्ट्रपति,उपराष्ट्र लगायतका पदहरुमा नयां निर्वाचनको कुरामा एमालेले अत्तो थापेको देखियो । तपाईको भनाई अलि भिन्न रहयो,पार्टर्ीीेतृत्वको भन्दा । किन -

राष्ट्रपति,उपराष्ट्रपति लगायतका पदहरुका सर्न्दर्भमा केही मान्छेहरुको बुझाईमा फरक छ । संविधानसभाको निर्वाचन सम्पन्न भइसकेपछि जनताले दिएको ताजा जनादेश बमोजिम राज्यका सम्पर्ुण्ा निकायहरुलाई हामीले नयां ढङ्गले ब्यवस्थित गर्नुपर्छ भनेका थियौं । यही सर्न्दर्भमा यी सबै निकायहरुमा समग्रतामा सहमति गरौं भन्ने कुरा हामीले अघि सारयौं । त्यसमा राष्ट्रपति,उपराष्ट्रपति,संविधानसभाका अध्यक्ष,उपाध्यक्ष,सरकारका प्रधानमन्त्री तथा मन्त्रीहरु लगायतका बिषयहरुलाई समग्रतामा सहमती गरयौ भने को कसरी अघि बढ्ने भन्ने टुङ्गोमा पुग्छौ भन्ने एमालेको मुल दृष्टिकोण थियो ।

यो दृष्टीकोण अगाडी राख्दा राष्ट्रपति,उपराष्ट्रपतिको सर्न्दर्भमा त्यही नै मुख्य कुरा हो वा एमाले त्यसैको वरीपरि घुम्यो भन्ने जस्ता दृष्टिकोण आउन थालेपछि मैले ती पदहरु मुख्य बिषय होइन,मुख्य बिषय भनेको संविधानसभा निर्वाचनले हामीलाई जुन निर्देशन दिएको छ त्यो अनुसार छिटोभन्दा छिटो देशमा संविधान ल्याउने हो भनेर भनेको हुं । किनभने एउटा कुरा समातेर त्यो भए हुन्छ नभए हुदैन भन्ने दृष्टिकोण एमालेको होइन भनेर मैले भनेको हुु । तुरुन्तै राष्ट्रपति लगायतका पदहरुमा नयां जनादेश अनुसार काम हुन सकेन र एक बर्षभत्र पनि संविधान बनेन भने ती पदहरु निरन्तर रहीरहने स्थिती नहोस भन्ने बिषयमा छलफल भएको हो । एकबर्षभत्र संविधान बनाउने र संविधान बनेलगत्तै जनादेश अनुृसार ती पदहरुमा खुला छलफल गर्न सकिन्छ भनेर मैले भनेको हो । किनभने यी पदहरुका बिषयमा अल्भिmदा संविधान निर्माणमा बिलम्ब हुन सक्छ ।

कांग्रेसको रोग एमालेलाई पनि लागे जस्तो छ,तपाईहरुको घरभित्र पनि संसदीय दलको नेता छनौटलाई लिएर धुव्रीकरण देखिएको छ नि – के का लागि हो यो धुव्रीकरण -

तपाईले भनेजस्तो हाम्रो पार्टर्ीीत्र ब्यापक धुव्रीकरण छैन । अहिले हामी पार्टर्ीीे महाधिवेशनको पनि संघारमा भएको हुनाले हाम्रो पार्टर्ीीई ब्यवस्थापन कसरी गर्ने भन्ने बिषयमा छलफल हुनु स्वभाविक हो । १० माघदेखिको पार्टर्ीीे केन्द्रिय समितिको बैठकमा पनि संसदीय दलको नेता छनौटको बिषयमा पनि छलफल गर्र्छौ ।

तपाईहरुको नवौं महाधिवेशन पनि आउदैछ,पार्टर्ीीत्र नयां नेतृत्व कसरी स्थापित हुन्छ -

आठौं महाधिवेशनमा लोकतान्त्रिक अभ्यास गरयौ । जुन जुन ब्यक्तिहरुलाई जुन जुन पदहरुमा प्रतिस्पर्धा गर्न मन लाग्छ,उहांहरुले त्यसमा प्रतिस्पर्धा गर्नुभयो । अबको महाधिवेशनलाई लिएर पार्टर्ीीत्र छलफल आरम्भ भइसकेको छ । नेतृत्वमा रहेका नेताहरुले सकभर आपसमा मेलमिलाप र सहमति गरेर देशको अहिलेको संवेदनशिल अवस्थालाई ध्यानमा राखेर अगाडी बढ्दा राम्रो वातावरण बन्न सक्छ । कुन कुन ब्यक्तिहरुले कुन कुन पदहरुमा जानु उपयुक्त हुन्छ भन्ने कुरा पनि पार्टर्ीीे आन्तरिक वैठकमा छलफलको बिषय बन्छ ।  यस प्रसङ्गमा विभिन्न ब्यक्तिका आ-आफ्ना इच्छाहरु प्रकट हुनु पनि स्वभाविकै हो ।

तपाईले आफ्नो चाहना नलुकाई भनिदिनुहोला कि आगामी महाधिवेशनमा तपाई कुन पदको आकाक्षीं हुनुन्छ – किनभने पछिल्लो महाधिवेशनमा पनि तपाईले पदको आकाक्षा देखाउनुभएको थियो र त्यो पद नाउंदा तपाईले आफ्नो झोंक पनि देखाउनुभएको थियो -

तपाईको पछिल्लो प्रश्नबाट उत्तर दिंउ । त्यो मेरो झोंक थिएन ।  आठौं महाधिवेशनमा उपाध्यक्ष पदमा प्रतिस्पर्धा गरेको थिए । र मैले राम्रै मत पनि ल्याएको थिए । तर आठौं महाधिवेशनमा निर्वाचनका बेला केही समस्याहरु उत्पन्न भएका थिए । ती समस्याहरुका बारेमा गम्भिर छलफल पनि भएको थियो । मेरो बिषयमामात्र हैन अरु नेताहरुको बिषयमा पनि भएको थियो । मैले केही कुरामा आपत्ति जनाएकोमात्र हो । छानविन कमिटी बनाएर सच्चाउने भनिए पछि मात्र सपथग्रहण गरेको हो । त्यसकारण त्यो मेरो पराजपछिको झोंक होइन । आउने महाधिवेशनमा पनि मैले पदाधिकारी पदमा प्रतिस्पर्धा गर्ने कुरा नीश्चित नै छ ।

प्यानल त हुन्छ नै कुन प्यानलमा जानुहुन्छ -

प्यानल हुन्छ भन्ने कुरा अहिले नै नीश्चित छैन । अहिले बाहिर तपाईहरुले जुन प्यानल भनेर सुनिरहनुभएको छ,उहांहरु नै मिलेर आउनुहुन्छ कि,के थाहा – कुन ब्यक्तिले कुन पदको नेतृत्व गर्छ भन्ने नीश्चित नभइरहेको स्थितीमा मैले अहिले नै फलानोको प्यानलमा जान्छु भन्नु युक्तिसंगत हुदैन ।

एमालेमा पनि कांग्रेस र एमाओवादीजस्तै तीन वटा गुट प्रष्ट देखिन्छ । यो कस्तो संजोग हो -

यसलाई अलि लाक्षणिक रुपमा बुझ्ने हो भने यी तीनै दलहरु नेपालका प्रमुख दलहरु भएकोले तीन गुट भएको हो कि -दल पनि तीन र त्यसको प्रतिबिम्ब स्वरुप  प्रत्येक ठांउमा त्यसको छांया परेको हो कि -कांग्रेस र एमाओवादीभित्र जस्तो एमालेमा तीनवटा नेताकोमात्र चर्चा छ, अरुको छैन भन्ने होइन ।