कचहरीकी सारथी

पर्वत पोर्तेल
जर्मन नागरिक आन्ने डिर्नस्टोर्फर, ३५  विगत चार वर्षेखि नेपाली समाज रुपान्तरणका लागि कचहरी नाटकमार्फ सक्रिय छिन् । उनको सक्रियताले नेपाली समाज परिवर्तनको झिनो आशा पलाएको  छ । खासमा जर्मन मन्त्रालयको नागरिक शान्ति सेवा कार्यक्रमकी संयोजक हुन् आन्ने । यो कार्यक्रमले विश्वका द्धन्द्धग्रस्त देशमा शान्ति स्थापनार्थ काम गर्ने गर्छ ।  द्धन्द्ध भएर शान्ति प्रकृयामा अग्रसर र अझै पनि द्धन्द्ध जारी नै रहेका देशहरुमा यो क्रियाशील छ । नेपालसहित एसियाका आधा दर्जन देशहरु कम्पोडिया, फिलिपिन्स, अफगानिस्तान, लेवनान र पेलेस्टाइनमा काम गर्छ ।

ल्याटिन अमेरिका र अफि्रकामा केही मुलुक पनि यसको कार्य क्ष्ँेत्र पर्छन् । जर्मनीमा दोश्रो विश्व युद्धताका ठूलो द्धन्द्ध थियो । त्यति द्धन्द्ध र युद्धको महान इतिहास वोकेको जर्मनीले विगत लामो समयदेखि शान्ति स्थापनाको क्ष्ँेत्रमा काम गरिरहेको छ । ‘नागरिकलाई वलियो वनाउदा शान्ति कायम गर्न सकिन्छ भन्ने विश्वास छ’, हालै झापामा भेटिएकी उनले भनिन्  । शान्ति स्थापनाका लागि विभिन्न शैलीमा उपायहरु अपनाइएका वग्रेल्ती अनुभव उनीसंग छ । तर, उनी आफैले चाहि शान्ति स्थापनाको एउटा हतियारको रुपमा कचहरी नाटक रोजिन् ।

उनले चार वर्षो अवधिमा पर्ूव मेचीदेखि पश्चिम महाकालीका दर्जनौ जिल्लामा काम गरेकी छन् । हरेक पल्ट काठमाडौवाट वाहिर मोफसलमा जादा अर्कै देश गएको आभास छ रे उनलाई  । त्यसवेला उनलाई लाग्दो रहेछ,’देश त एउटै हो, तर राजधानी र मोफसलवीचको यति भिन्नता चाहि किन -‘ एकता पनि देखिन्छ । सांस्कृतिक कुरा पनि प्रायः मिल्दोजुल्दो नै छ  । तर, अन्य विशेषता सवै जिल्लामा फरक- फरक  । उनको अनुभव छ,’काठमाडौ केन्द्रित भएर काम गर्नेहरुले नेपालको वारेमा त्यति धेरै वुझ्न सक्दैनन होला ।’

geman-anne

समाजशास्त्रकी ‘डीग्री होल्डर’ उनको  सानैदेखि रुचिको विषय थियो नाटक । जर्मनीमै रहदा उनले प्रशस्त मात्रामा सडक तथा कचहरी नाटक खेलेकी थिइन् रे  । उनी केही समय पहिला नाट्य क्ष्ँेत्रमा व्यवसायीक रुपमै  लागेकी थिइन् । सन् २००४ मा सोध तयारको सिलसिलामा दोश्रो पटक नेपाल ओर्लिएकी थिइन् ।  त्यसअघि २००१ मा दरवार हत्याकाण्ड ताका उनी पहिलो पटक नेपाल आएकी रहिछन् । तर, निक्कै छोटो समयका लागि । विश्वविद्यालयको छात्रवृत्ति पाएर आएकी उनले मकवानपुरमा शिक्षा सम्वन्धि करिव चार महिना लामो अनुसन्धान गरेर फर्किइन् । त्यही वेलादेखि नेपाली भाषा पनि सिक्न थालेकी उनी ६ महिनापछि प्रष्ट नेपाली वोल्न सक्ने थालिन् । त्यसअघि वर्लिनमै १९९९ मा हिन्दी कक्ष्ँा लिएको तर वोल्न नजानेको उनले सुनाइन् ।

सन् २००१  ताका नै नेपालमा कचहरी शुरुआत भइसकेको थियो । नाट्यकर्मी पोखरेल, सामाजिक अभियन्ताविनय धिताल र डेनमार्क नागरिक टिम ह्वाइटको सक्रियतामा कचहरी भित्रिएको हो । तर, यसलाई मलजल गर्ने र हर्ुकाउने श्रेय आन्नेलाई जान्छ । २००४ मा सोध तयारको सिलसिलामा आएका वेला उनको गुरुकुलका रंगकर्मीहरु सुनिल पोखरेल, अनुप वराल, राजन खतिवडा,  सुरेश चन्दलगायतसंग भेट भयो । उनले गुरुकुलकै वारेमा सोध पुरा गरिन् र फर्किइन् । अनि करिव पाच वर्षलामो प्रोजेक्ट वोकेर पुनः फर्किइन् । ‘त्यसवेला देखि नै नेपाल र्फकने र नाटकमार्फ केही गर्ने सपना थियो,’ उनले सम्भिmइन्,’त्यो पुरा पनि भयो ।’

कचहरीमार्फ समाज रुपान्तरणमा सक्रिय उनीसंग दर्जनौ जिल्लामा काम गरेको अनुभव छ । त्यसैले उनलाई लाग्छ, ‘नेपाललाई घरेलु हिंसा र जातीय विभेदले सवभन्दा वढी गाजेको छ ।’  यी दर्ुइ वेथितीवाट प्रायः जिल्ला अछुतो छैनन । ‘सवै जिल्लामा यी दर्ुइ वेथितीले जरा गाडेर वसेका छन्’, उनले सुनाइन्,’जातीय विभेद उन्मुलनमा गाह्रो छ । मुख्य कुरा चेतनाको विकास हुनर्ुपर्छ ।’  उनले मुलुकमा कानून भएपनि कतिपय अवस्थामा कानूनी रुपवाट परिवर्तन गाह्रो हुने बताइन् । ‘तर, कचहरीले राम्रो भुमिका खेल्न सक्छ,’ उनलाई लाग्छ,’कहिले काही कानूनले गर्न नसकेको काम कचहरीले गरेर देखाइदिन्छ ।’ सामाजिक रुपमा छलफल गरेर पनि मानिसको चेतना र सोचमा परिवर्तन ल्याउन सकिन्छ ।  नाटकमा  विश्वास छ उनको ।  तर नाटकले सवै कुराको समाधान गर्न सक्छ भन्ने विश्वास चाहि पटक्कै छैन ।

त्यसैले मेलमिलापमा चाहि उनी वढी  विश्वास गर्छिन । तर, नेपालका धेरै जसो मेलमिलापकर्ताहरु उच्च जातका छन् । मेलमिलापकर्ता समावेशी हुनर्ुपर्छ भन्ने उनलाई लाग्छ । ‘मेलमिलापमा दलित, जनजाति र महिला सवै चाहिन्छ’, उनले थपिन्,’नत्र मेलमिलाप पनि वायस हुन्छ ।’ शक्ति सन्तुलन समावेशी हुनर्ुपर्छ र मात्रै विभेद अन्त्य हुदै जान्छ भन्ने उनको ठम्याई छ  । परिवर्तन विस्तारै हुने कुरा हो । वर्तमान अवस्था हर्ेदा नेपालको शक्ति केन्द्रहरुमा उपल्लो जाति -वाहुन)  मात्रै हावी भएको उनको वुझाई छ । ‘यो अवस्था केही वर्षपछि हट्ने छ’, उनको जिकीर छ ।

उनी जन्मिएको जर्मनी र युरोपेली मुलुकहरुमा पनि विभिन्न किसिमका विभेदहरु नभएका होइनन । तर,   जातीय विभेद भन्दा वढ्ता वर्गीय असमानता जिवितै छ । भलै नेपालमा जस्तो ‘स्ट्रोङ’ छैन । धनि र गरीववीचको असमानता वा खाडल निक्कै कम भटिन्छ । ‘युरोपतिर गरीवहरु नभएका भने होइनन’,  आन्नेले भनिन्,’मध्यमवर्गीय वढी छन् ।’ नाटक क्ष्ँेत्रमै रहने, काम गर्ने, नाटकवाटै सामाजिक रुपान्तरण खोज्नु उनको मुख्य विशेषता हो । जर्मनीमा पनि धेरै विभेदहरु छन् । जस्तो महिला -पुरुषवीचको भिन्नता पछि छ । अझै समानता छैन । पारिश्रमिकमा पनि भिन्नता छ । उनी कचहरीवाट सामाजिक रुपान्तरणमा विश्वास गर्छिन, वरु, ठूलो क्रान्तिमा उनलाई रत्तिभर विश्वास छैन ।

नेपालमा कचहरीको वढ्दो लोकप्रियताले उनलाई औधी खुसी तुल्याउछ । नेपालको परिपेक्ष्ँमा अन्य विधाको तुलनामा  नाटक शक्तिशाली देखिन्छ । समाजमा छलफल गर्न नाटक राम्रो विधि हो । नाटकलाई मनवाटै वुझ्न सजिलो हुन्छ  । यसमा समाजका सवै तह र तप्काले भाग लिन सक्छन् । ‘नेपालमा नाटकप्रति धेरैको चासो छ’, गफ विट मार्ने वेलामा उनले थपिन््,’अन्य मुलुकमा यस्तो छैन ।’