अठार वर्षबितिसक्दा पनि महाकाली सन्धि कार्यान्वयन भएन

बेलौरी -कञ्चनपुर, ९ माघ । महाकाली नदीको एकीकृत विकास गर्ने उद्देश्यले १८ वर्षघि नेपाल र भारत सरकारबीच भएको एकीकृत महाकाली विकास सन्धि कार्यान्वयन भएको छैन । सुदूरपश्चिमका चार जिल्ला भएर बग्ने महाकाली नदीको एकीकृत विकास गर्ने उद्देश्यले १८ वर्षघि दुवै देशका सरकारबीच भएको एकीकृत महाकाली विकास सन्धि कार्यान्वयन नभएको हो ।

विस २०५२ माघ २९ गतेका दिन नेपाल र भारत सरकारबीच सम्पन्न शारदा बा“ध तथा पञ्चेश्वर परियोजना र महाकाली नदीको एकीकृत विकाससम्बन्धी सन्धि सम्झौता भारतको राजधानी दिल्लीमा भएको थियो । एकीकृत महकाली सन्धि कार्यान्वयन नहु“दा महाकाली तटीय क्षेत्रका नागरिकलाई बढी घाटा भएको महाकाली नदी सरोकार समूह कञ्चनपुरले जनाएको छ । महाकाली नदीमा बग्ने पानीको न्यायोचित वितरणको माग राख्दै विगतदेखि नै आवाज उठान गरिरहेको महाकाली नदी सरोकार समूहका अध्यक्ष हर्रि्रसाद भट्टले महाकाली सन्धि कार्यान्वयन नभएको बताउनुभयो ।

अध्यक्ष भट्टले भन्नुभयो-“दर्ुइ देशका सरकार प्रमुखबीच भएको सम्झौता हालसम्म पनि कार्यान्वयन नभएका कारण नेपाललाई बढी घाटा भएको छ ।” भारतीय पक्षबाट सन्धि कार्यान्वयनमा बेवास्ता गरेको भन्दै सन्धि कार्यान्वयन नभएका कारण महाकाली नदी तटीय क्षेत्रका जनतालाई भएको बताएका छन् ।

“दर्ुइ देशबीच भएको सन्धि कार्यान्वयनमा फितलो भएको छ,” उहाँले भन्नुभयो । ब्रहृमदेब-महेन्द्रनगर १३ किलोमिटर लिङ्करोडले समेत पर्ूण्ाता पाएको छैन, सन्धि भएको ६ महिनाभित्र पञ्चेश्वरको डिपीआर तयार पारिसक्ने भनिएता पनि हालसम्म डिपिआर तयार नभएको अध्यक्ष भट्टले बताउनुभयो  । एक वर्षभत्र पञ्चेश्वर आयोजनाका लागि आवश्यक लगानी जुटाउने र आठ वर्षभत्र आयोजना सम्पन्न गरिसक्ने भनिएता पनि हालसम्म कुनै काम नभएको अध्यक्ष भट्टले बताउनुभयो ।

अध्यक्ष भट्टले भन्नुभयो- ‘सन्धिको धारा १ मा भनिएको नदी प्रणालीमा निरन्तरताका लागि आवश्यक ३५० क्युसेक पानी हिउ“दमा भारतले छाडेको छैन ।’ धारा २ को उपधारा २ -क) बमोजिम भारतले टनकपुर बा“ध र शारदा बा“धबाट नेपालले पाउने पानी प्रवाहित गर्नका लागि नेपालको सिमानासम्म बनाउने भनिएको हेड रेगुलेटर र नहर प्रणाली हालसम्म नबनाएको महाकाली नदी सरोकार समूहका पर्ूवअध्यक्ष ऋषि लुम्सालीले बताउनुभयो । ‘अधिकांश सन्धि भारतीय पक्षबाट कार्यान्वयनमा आएका छैनन्,” उहाँले भन्नुभयो ।

सन्धिको धारा १ मा भनिएको छ -‘शारदा बा“धबाट नेपाललाई बर्खायाम प्रतिघनमिटर सेकेन्ड एक हजार क्युसेक र सुक्खायाममा प्रतिघनमिटर सेकेन्ड १५० क्यूसेक पानी दिने भनिएको छ ।’ यस्तै, धारा २ को -ख)मा ‘टनकपुर विद्युत् केन्द्रबाट नेपालले वाषिर्क निःशुल्क सात करोड किलोवाट घण्टा युनिट विद्युत् नेपाललाई दिइने’ भनिएको छ । रासस