ल्होछार-झाँकीसहित सांस्कृतिक र्‍याली

काठमाडौँ, १५ पुस । ल्होछार मूल आयोजक समितिले ल्होछारका अवसरमा आज विभिन्न झाँकीसहित सांस्कृतिक र्‍याली निकालेको छ ।
टुँडिखेलबाट सुरु भएको सो र्‍याली बसन्तपुर, नयाँ सडक, रत्नपार्क, पुरानो बसपार्क, भद्रकाली हुँदै समारोहस्थल टुँडिखेलमा नै आएर सम्पन्न भएको हो । र्‍यालीमा गुरुङ समुदायका भेषभूषा तथा पहिचान झल्कने बाजागाजा प्रयोग गरिएको थियो ।

प्रत्येक वर्षपुस १५ मा गुरुङ समुदायले नयाँ वर्षा रुपमा मनाउने सो पर्वका अवसरमा एकसाता अघिदेखि नै विभिन्न कार्यक्रम हुँदै आएको छ । लोकदोहोरी, खेलकुद तथा विविध सांस्कृतिक कार्यक्रमकोसमेत सञ्चालन भएको छ । यसपटकको ल्होछार पर्वले र्सप वर्षाई बिदाई गरी घोडा वर्षाई स्वागत गर्ने धार्मिक तथा सांस्कृतिक मान्यता रहेको छ ।ल्होछार मूल आयोजक समितिका अध्यक्ष टेकबहादुर गुरुङले तमु गुरुङ समुदायको महान पर्व ल्होछारको प्रचारप्रसार गर्ने उद्देश्यले सो र्‍यालीको आयोजना गरिएको जानकारी दिँदै सम्पर्ूण्ा नेपाल र नेपालीको शान्ति तथा समृद्धिको कामना गर्नुभयो । रासस