इन्द्रकि अप्सरा हु – पार्वती राई – नृत्याङ्गना

नरेन्द्र रौले खवरडेस्क, १२ पुस । नृत्याङ्गना पार्वती राई, २२ लाई पुर्व जन्ममा भगवान इन्द्रको दरबारमा नाच्ने अप्सरा हुकि जस्तो लाग्छ रे π उनको जीवनबाट ना“च झिक्ने हो भने सिंगो जीवन अपूरो भईदिन्छ । ‘नाच्न छोडेको दिन म यो संसार नै त्याग्छु होला ।’ हालै बौद्धको एक क्याफेमा उनले सुनाईन्, ‘नाच्न पाएन भने त म बौलाउछु ।’

पार्वती कोठामा एक्लै हुदा ऐनाहेर्दै  नाचिरहन्छिन् । गीतको तालमा उनका हरेक अंगअंगहरु हल्लिन्छन् । ऐना हेर्दै अझै नाच्ने कोशिष गर्छिन् । त्यसैले ऐना उनका लागी गुरु बनिदिन्छ । चुप लागेर बस्नै नसक्ने स्वभाब छ उनको । साथीभाईहरु भेला हुदा अरुलाई गीत बजाउन लगाउदै आफु ना“च्न कस्सिहाल्छिन् । तीन वर्षो छोटो अबधिमै सा“ढे दुई सय भन्दा बढी म्युजिक भिडियोहरुमा उनले अभिनय गरिसकेकी छिन् । लोकदोहोरी र तीज गीतहरुका म्युजिक भिडियोका लागी पार्वती क्वीनकै रुपमा स्थापित भईसकेकी छिन् ।

parbatiraidancer

उदयपुरमा जन्मेकी, काठमाडौंमा हर्ुर्केकि पार्वती सानो छ“दा टिभीमा बजेका गीतहरु हर्ेर्दै ना“च्थिन् । हिरो, हिरोइनको ना“च हर्ेर्दै हल्लिदा त्यसैमा उनको नशा बस्यो । स्कुल पढ्दा उनको ना“चको तारिफ गर्नेहरुको बढिसकेका थिए । एकप्रकारले स्कुलमा हिरोइनको भन्दा उनको क्रेज कम थिएन । पछि नृत्य सम्बन्धि आयोजना भईरहने प्रतिष्पर्धाहरुमा भाग लिन छुटाइनन् । हरेक चोटी उनी पहिलो बन्थिन् । पुरस्कारस“गै सबैको प्रशंसा बटुल्थिन् । उनी खोजीखोजी सारंगा श्रेष्ठका नृत्य हर्ेर्थिन्, करिश्मा मानन्धरको फिल्ममा देखिने चुलबुलेपन खुबै मन पराउथिन् ।

पार्वती जब आफन्तहरुको घर पुग्थिन्, नाचेरै धेरैलाई मख्ख बनाउथिन् । उनको कानमा पैसा सिउ“दिन्थे कतिले । उनी झन् जोशले ना“च्थिन् । उनले तीजको बेला दिनको तीन वटा म्युजिक भिडियोमा अभिनय गर्न भ्याइन् । शंकर बिसीको सहयोगले म्युजिक भिडियोमा अभिनय थालेकी पार्वतीले हेर्र्छौ ओठ टोकी गीतबाट आफ्नो यात्रा सुरु गरिन् । राजु गुरुङ र मुना थापामगरले स्वर भरेको त्यही गीतमा पहिलो पटक अभिनय गरेपछि उनको चर्चा चुलियो । त्यसयता उनले पछाडी र्फकेर हर्ेर्नै परेन । बरु उनले अभिनय गरेका तिमी राम्रो हा“सोले, कार किनेर ल्याउ मेरो माया, एबिसीडि पढ्न भन्दा , म माइत जाने हो, दिलको ढोका खुल्ला, यता पनि हुरुक्कै उता पनि हुरुक्कै, जस्ता गीतहरु दर्शकको मनमा बसे ।

उनका बुबा भक्तबहादुर र आमा मिथिलाले हौस्याएपछि कम्मर कसेर नृत्यमै उनी होमिएकी छिन् । जिस्किने, नलजाउने र प|mयांक स्वाभाबले गर्दा सुरुमा उनी केटा जस्तै देखिन्थिन् । अलि मोटो ज्यानकि उनलाई बुबाले ‘जेठा छोरा’ भनेर नै बोलाउन गर्थे । करातेकि ब्ल्याक बेल्ट उनले काठमाडौं, नारायणटार टोलमा त ‘बढ्ता हुने’ केटाहरुलाई कुटेको अनुभब सुनाईन् । हरपल खुसि रहने, टेन्सन नलिने उनको स्वभाब छ ।

बिना संर्घष्ा सफलता मिल्दैन । उनको अनुभबले यसै भन्छ । ‘कोही सजिलोस“ग आउन त सक्छ तर सधैंभरी टिक्न गार्‍हो छ ।’ उनले सुनाईन् । तीन वर्षअघि नेपाल टेलिभिजनले आयोजना गरेको राष्ट्रब्यापि छम्छमि प्रतियोगिताको उत्कृष्ट ५ भित्र पर्न सफल उनले त्यो क्षण भुल्न सकेकि छैनन् । पा“च सय बढी प्रतिष्पर्धीहरुबिच पहिलो बन्छु भन्ने अठोट गरेका बेला उत्कृष्ट ५ बाट आउट हुदा उनलाई नमिठो लाग्यो । आ“खाहरु आ“शुले भरिए । सपना चकनाचुर भएपनि अर्कोतिर त्यही अबसरले उनलाई धेरै चिज सिकायो । ना“च्न, कोरियोग्राफि गर्न र सबैसंग भिज्न सिकायो ।

एउटा राम्रो म्युजिक भिडियो तयार हुन बढी निर्देशकको हात र बाकी गीत, संगित र नाच्नेमा भरपर्ने पार्वतीको विश्वास छ । हरेकले आफ्नो भिडियो हर्ेदा ‘ओहो †’ भनुन् र त्यसबाट केही प्रेरणा लिन सकुन् भन्ने उनको चाहना छ । त्यही सफलताले पार्वतीलाई हङकङ, कोरिया, मलेसिया, कतार पुर्‍याएको छ । घुमेका मध्ये हङकङ, उनलाई सबैभन्दा मन परेको देश हो । घुम्नकि सौखिन उनी एक वर्षपहिले त्यहा पुगेकि थिईन् । त्यहा फराकिला, चौडा सडक, भौतिक सरंचना र सुरक्षा ब्यबस्था उनलाई एकदमै मनपर्‍यो । टा्रफिक ब्यबस्था, प्रत्येक रोडमा राखिएका सिसिटिभी क्यामेरा, कसैले फोहोर फाल्नै नपाउने नियम देखेर छक्क परिन् । लोकल गाडीहरुमा बुढापाका डा्रइभर हुदा रहेछन् । टिकट सिस्टम अनुसार चल्ने ति गाडीहरुको यात्रा आरामदायि हुने उनले अनुभब सुनाइन् । ‘नेपालमा जस्तो यात्रुहरुको कोचाकोच र बार्गेनिङ हुदैन ।’ उनले सुनाइन् ।

नृत्यको दुनियामा आउनु अघि पार्वती होटेलमा काम गर्थिन् । उनको आमाले नारायणटरमा खोल्नु भएको होटेलमा सघाउ“थिन् । त्यसपछि छम्छमी मा भाग लिएपछि उनको जीवनले फड्को मार्‍यो । सुरुमा कोरस डान्सर भएर अभिनय थालेकि उनी पछि मेन डान्सरका रुपमा चम्किइन् । कौडा, मारुनि, घाटु, सालैजो, टप्पा, साकेला, धिमाल देखी आधुनिक र साल्सा नृत्यमा उनी बेजोड नृत्य गर्न पारंगत भईकेकिछिन् ।

सारी र कर्ुता लगाउन भन्दा टिर्सट, पाइन्ट, र वन पिसमा टिमिक्क भएर हिंड्न मन पराउछिन् । उनलाई प्रेम प्रस्ताब भन्दा बढी विवाहका प्रस्ताबहरु आउछन् । तर निरन्तर आफ्नो कर्ममै डुब्ने भएकाले पार्वती विवाह गरिहाल्ने मुडमा छैनन् । नृत्यलाई नै उनले आफ्नो व्वाइप|mेण्ड ठान्छिन् ।

काठमाडौंको अरुणिमा हाइयर सेकेन्डरी स्कुलबाट एसएलसि गरेकी पार्वतीलाई हरेक दिन नया लाग्छ । नया कुरा सिक्न, नया काम गर्न मन लाग्छ । फर्ुसदमा घर सफा गरेर, सामसुङको मोबाइलमा फेसबुक चलाउदै समय बित्छ । म्युजिक भिडियोमा फरक अभिनय गर्दाको मजा बेग्लै हुने उनी बताउछिन् । उनलाई आफ्नो ना“चमा त्यस्तो चुम्बकिय शक्ति र्छन पाईयोस्, दर्शकहरु हेरेको हेर्‍यै बनुन् जस्तो लाग्छ । २४ घण्टा नाच्दा पनि थाक्दिन जस्तो लाग्छ । भविष्यमा उनी नृत्यकै स्कुल खोल्न चाहन्छिन् । जहा गरिब विद्यार्थीहरुलाई छात्रबृत्ति दिने उनको सोच छ ।

 

पार्वती राई को भिडिओ हेर्नोहोस