यौनबर्द्धक खुराकहरु

खवरडेस्क – १० साउन ।

१. कुरिलोः बेलायती बनस्पतिबिद निकोलस कुलपेपरले सत्रौं शताब्दीमा कुरिलो खांदाको यौनेच्छा प्रभावबारे लेख लेखेका थिए । विस्ताारै १९ औं शताब्दीमा फ्रान्समा नवविवाहित महिला पुरुषहरुलाई कुरिलोको विशेष खाना दिनको ३ पटक दिने गरिन्थ्यो । कुरिलोमा विशेष पोटासियम, रेसा, भिटामिन बि ६, ए र थाईमिन र फोलिक एसिड पाईन्छ  । यिनै तत्वहरुले शरिरमा यौनान्दको लागि विशेष भुमिका खेल्दछन् ।

कुरिलो
कुरिलो

२. हाडे बदामः यो बदाम विशेषगरि सन्तान उत्पादकत्वको प्रतिक हो । हाडे बदामको गन्धले विशेषतः महिलामा यौनेच्छा जागृत गर्दछ । यस बदाममा भिटामिनर् इ, म्याग्नेशियम र फाईबर हुने गर्दछ ।

हाडे बदाम
हाडे बदाम

३. एभोकाडोः धेरैले यसलाई अण्डकोष फल भन्दछन् । स्पेनमा क्याथोलिक धर्म गुरुहरुले यसलाई अश्लिल फलको रुपमा लिएर चर्चमा बन्देज नै लगाएका छन् । यसमा प्रचुरमात्रमा भिटामिन बि ६, पोटासियम, फोलिक एसिड पाईन्छ । यस फलको अन्य गुण मध्ये विशेष  रोगप्रतिरोधकको रुपमा पर्दछ ।

अण्डकोष फल
अण्डकोष फल

४. केराः केरामा पोटासियम, म्याग्नेसियम, भिटामिन बि हुन्छ । साथै केरामा प्रचुरमात्रामा चिलेटिन खनिज र ब्रोमिलाईक एन्जायम हुने गर्दछ । जसले पुरुषमा विशेष यौन प्रभाव पार्दछ ।

केरा
केरा

५. बाबरीको पातः यसको गन्धले खानालाई स्वादिष्ट बनाउने गर्दछ । यसमा पाईने विशेष  खनिज पदार्थले शरिरलाई यौनेच्छामा सकरात्मक असर गर्ने गर्दछ र्।र् इटालियनहरुले विशेषतः बाबरीको पात अत्याधिक खाने हुनाले संसारमा उनीहरुलाई रोमान्टीक व्यक्ति भनी भनिन्छ ।

बाबरीको पात
बाबरीको पात

६.चकलेटः चकलेटमा विशेषतः फिनाईल, इथाइल र अनन्दमाइड रहेको छ भने दैनिक खाने गर्नुहोस् । यी तत्वहरुले शरिरमा विशेषतः उत्तेजना, आकर्षा र आनन्द बढाउंछ । कोकाओ मिश्रति चकलेटले न्युरोसिष्टमलाई यौन उत्तेजनाको लागि चलायमान गराउंदछ ।

चकलेट
चकलेट

७.अन्जीरको फलः संसारमा यस फललाई कामुक फलको रुपमा लिईन्छ । यो फल संसारकै एउटा सबैभन्दा पुरानो फलको रुपमा रहेको छ । आदिम कालमा यसलाई प्रेम र सन्तान उत्पादक्त्वको प्रतिकको रुपमा लिईन्थ्यो ।

अन्जीरको फल
अन्जीरको फल

८. लसुनः लसुनमा अत्याधिक एलिसिन नामक तत्व हुने हुनाले शरिरको रक्तसंचारमा विशेष भुमिका खेल्दछ र शरिरलाई कामोत्तेजनाको लागि तयार गर्दछ ।

लसुन
लसुन

९. महः महमा प्रचुरमात्रामा बोरन नामक खनिज तत्व हुने र शरिरमा कामोत्तेजनाका लागि विशेष रुपमा प्रभाव पार्ने गर्दछ । साथै महमा अन्य खनिज तत्व, भिटामिन बि, एन्जाइम र फाईटो केमिकल हुने गर्दछ ।

मह
मह

 

  • Anjan Adhikari

    Chcv

  • gp subedi

    ummm

  • puskar chaudhary

    ok

  • jigrihang

    Sure it?

  • सुब्बा

    ए हो र।

  • furba

    सबैको लागि राम्रो सुझाव ! I likes it .

  • Guest

    Very nice tips

  • Raesh Tiwari

    Yes I used

  • sanu basnet pyasi

    ya I sure ok all fren its then enjoy life patnar ok

  • Sagar charing rai

    Thnxxxxxx for yr information.
    Appreciate that.

  • Rajendra Kunwar

    Gòod