भारतीय विदेशमन्त्री आगामी साता आउँदै

काठमाडौँ, २१ असार । भारतका विदेशमन्त्री सलमान खर्ुर्सिद नेपालको दर्ुइदिने औपचारिक भ्रमणमा आगामी मङ्गलबार यहाँ आउनुहुने भएको छ । परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेको निमन्त्रणामा नेपाल भ्रमणमा आउन लाग्नु भएका उहाँका  भारतीय समकक्षीका साथ त्यहाँको विदेश मन्त्रालयका वरिष्ठ अधिकारीहरू रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उक्त मन्त्रालयका अनुसार राष्ट्रपति डा रामवरण यादव,  मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र मन्त्री घिमिरेसँग भारतीय विदेशमन्त्रीले बेग्लाबेग्लै भेटवार्ता गर्नुहुने कार्यक्रम छ । संविधानसभाको निर्वाचनप्रति भारत सरकारको ऐक्यबद्धता जाहेर गर्न मन्त्री खर्ुर्सर्ीीयहाँ आउन लाग्नुभएको र निर्वाचनलाई सफल पार्न के-कस्तो सहायता गर्न सकिन्छ भन्नेमा नै उहाँको भ्रमण केन्द्रित हुने उक्त मन्त्रालयका प्रवक्ता अर्जुनबहादुर थापाले आज आयोजित नियमित पत्रकार सम्मेलनमा बताउनुभयो ।

“मुलुकमा निर्वाचनको वातावरण बनेकाले अन्तर्रर्ााट्रय समुदाय र छिमेकी मुलुकबाट यसलाई सफल पार्न पर्ूण्ा सहयोग एवम् र्समर्थनको प्रतिबद्धता व्यक्त भएको छ,”- निर्वाचनसँग सम्बन्धित विषयमा नै केन्द्रित भएर दुवै देशका अधिकारीबीच वार्ता हुने स्पष्ट गर्दै उहाँले भन्नुभयो । यसैबीच, यहाँस्थित भारतीय राजदूतावासका प्रवक्ता अभय कुमारले मन्त्री खर्ुर्सर्ीीो भ्रमण दलका सदस्यको विस्तृत विवरण विदेश मन्त्रालयले तयार पारिनसकेको र उहाँले नेपालमा रहँदा राजनीतिक दलका नेतासँग भेट गर्नेबारेमा पनि यकिनका साथ अहिले नै भन्न नसकिने जानकारी  दिनुभयो ।

दर्ुइ  मुलुकका मन्त्रीहरुबीच नेपाल-भारत सम्बन्ध विस्तार तथा आपसी हित र चासोका विषयमा विचार आदानप्रदान हुने उहाँले बताउनुभयो । विदेश मन्त्री खर्ुर्सर्ीीो यो नेपालको पहिलो भ्रमण हो भने यसअघि तत्कालीन विदेश मन्त्री एसएम कृष्णा दर्ुइ वर्षघि यहाँ आउनुभएको थियो । रासस