यो पनि जापान हो ।

खवरडेस्क – ९ साउन ।

१. घोडाको स्लाइस गरिएको पातलो मासु जापानमा असाध्यै चर्चित छ । जसको नाम बसासी  हो ।
२. करिब ७० प्रतिशत जापानिज भुभाग पहाडी खालको छ । २०० भन्दा बढि ज्वालामुखि निस्कने पहाडहरु छन् ।
३. करिब शत प्रतिशत साक्षरता छ ।
४. जापानको धेरै जसो भागमा वियर भेन्डिङ्ग मेसिन हुन्छ ।
५. जापानिजहरु क्षमा याचनाको प्रतिक स्वरुप कपाल मुण्डन गर्ने गर्दछन् ।
६. जापान ६०० वटा टापुहरुबाट बनेको देश हो ।
७. जापानले प्रत्येक वर्ष१५०० भन्दा बढि भुकम्पको धक्का व्यहोर्ने गर्दछ ।
८. संसारको सबैभन्दा ठुलो माछा बजार टोक्योमा रहेको छ । बजारको नाम सुकिजी हो ।
९. संसारको पहिलो उपन्यास जापानका महिला मुरासाकी सिकिबुले सन् १००७ मा लेखेकी थिईन् । उपन्यासको नाम द टेल अफ गेन्जी हो ।
१०. सुमो जापानको राष्ट्रिय खेल हो ।
११. जापानका धेरै कम्पनीहरुमा आफ्ना कर्मचारीहरुलाई बिहान कसरत गर्राईने गरिन्छ ।
१२. जापानको क्योटो शहरमा करिब १६०० वटा मन्दिरहरु रहेका छन् ।