नेपालका लागि भारतीय नयाँ राजदूतमा रे

काठमाडौं, १३ असार । भारत सरकारले नेपालका लागि नयाँ राजदूत नियुक्त गरेको छ । भारतीय विदेश मन्त्रालयले रञ्जित रेलाई उक्त पदमा नियुक्त गरिएको जनाएको हो । सन् १९८० मा विदेश सेवामा प्रवेश गर्नुभएका नवनियुक्त राजदूत हाल भियतनाममा सेवारत हुनुहुन्छ । राजदूत रेले चाँडै  नेपालमा कार्यभार सम्हाल्ने अपेक्षा गरिएको उक्त मन्त्रालयले जनाएको छ ।

यहाँस्थित भारतीय राजदूत जयन्तप्रसादको कार्यकाल आगामी अगस्टमा समाप्त हुँदैछ । यसैबीच नेपाल सरकारले राजदूत रेको नियुक्तिसम्बन्धी स्वीकृतिपत्र -एग्रिमो राष्ट्रपति कार्यालयमा प्रस्तुत गरिसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका एक वरिष्ठ अधिकारीले राससलाई बताए । “संभवतः नयाँ राजदूतको एग्रिमो आगामी साता स्वीकृत हुने छ”- नाम उल्लेख नगर्ने र्सतमा ती अधिकारीले भने । रासस