बलात्कार आरोपमा भारतीय पक्राउ

कञ्चनपुर, १६ असार ।  महाकाली पारि दोधारा ९ की १९ वषर्ीयालाई बलात्कार गरेको आरोपमा एक भारतीयलाई नियन्त्रणमा लिई स्थानीय बासिन्दाले आज  इलाका प्रहरी कार्यालय दोधारा बाबाथानमा बुझाएका छन् ।शनिबार साँझ करिब ६ बजे भारत-नेपाल सीमा नजिक रहेको नेपाली भूमिमा साथीसँग घरबाट घाँस काट्न गएकी किशोरीलाई भारत वोदिपुर, पिलीभित उत्तरप्रदेशका ३५ वषर्ीय नमरु गोलदारले बलात्कार प्रयास गरेका थिए ।

किशोरीलाई घाँस काटिरहेका बेला गोलदारले लछारपछार गरी १०० मिटर टाढाको उखु खेतमा लगेर बलात्कारको प्रयास गरेको र पीडित किशोरीको शरीरभरि दाँतले टोकेका निलडामसमेत रहेको स्थानीय बासिन्दाले बताएका छन् । किशोरीमाथि बालात्कार भए नभएकोबारे अनुसन्धान भइरहेको जानकारी दिँदै इप्रका दोधारा बाबाथानका प्रहरी निरीक्षक कवीन्द्र बोहराले प्रारम्भिक अनुसन्धानमा किशोरीलाई लछारपछार गरेको बुझिए पनि सोधपुछ अगाडि बढाइएको बताउनुभयो । रासस