प्रथम राष्ट्रिय आप्रवासी सम्मेलन सुरु

काठमाडौँ, २७ वैशाख । वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकको वर्तमान अवस्था, भविष्यमा विदेश जाने कामदारले अपनाउनु पर्ने सजकतालगायतका विषयमा नीति निर्मातालाई सुझाव दिने उद्देश्यले आजदेखि यहाँ प्रथम राष्ट्रिय आप्रवासन सम्मेलन सुरु भएको छ ।

श्रम तथा रोजगार मन्त्रालय वैदेशिक रोजगार पर््रवर्द्धन बोर्ड, यूएन वुमन, युरोपेली सङ्घ, माइती नेपाललगायत १४ वटा संस्थाले संयुक्तरुपमा आयोजना गरेको सम्मेलनको उद्घाटन गर्दै उपराष्ट्रपति परमानन्द झाले आप्रवासन समस्या लामो समयदेखि रहेकाले यसलाई अनुगमन र नियमन गर्न सरकारले उचित नीति बनाउनुपर्ने बताउनुभयो । उहाँले विदेशजाने क्रम फेसनको रुपमा अघि बढेको र त्यहाँ गएपछि श्रमिकहरु विभिन्न शोषण र पीडामा पर्ने गरेको उल्लेख गर्दै यसप्रति सरोकारवाला गम्भीर हुनुपर्ने बताउनुभयो ।

उपराष्ट्रपति झाले भन्नुभयो – आप्रवासी कामदारमा महिला तथा पुरुष दुवै पीडित बन्ने गरेका छन् । सरकारले सकभर महिलालाई आफ्नै मुलुकभित्रै जीविकोपार्जन गर्ने वातावरण बनाइदिनर्ुपर्छ । दक्ष नेपाली स्वदेशमै बस्ने वातावरण नभएसम्म मुलुकको विकास नहुने उहाँले बताउनुभयो ।

सम्मेलनमा सम्बन्धित देशको सही सूचना, संस्कृति, रहनसहन, भाषाको ज्ञान नहँुदा श्रमशोषण हुने, आप्रवासी कामदार भारतको बाटो भएर जान नहुने, श्रम स्वीकृति, आफूले गर्ने कामको विवरण, पारिश्रमिकलगायतका विषयमा विदेश जान चाहने स्वयम्ले जानकारी राख्नुपर्ने सुझाव दिइएको थियो । सम्मेलनको निष्कर्षाई समेटेर आप्रवासी कामदारसम्बन्धी नीति निर्माणका लागि संयुक्त राष्ट्रसङ्घको महासभामा सिफारिस पठाइने बताइएको छ ।

कार्यक्रममा दिइएको जानकारीअनुसार हरेक वर्षचार लाख युवा श्रमबजारमा प्रवेश गर्ने गरेका छन् आर्थिक वर्ष२०६८/६९ को अवधिमा २४ लाख ६५ हजार नेपाली वैदेशिक रोजगारीमा गएका थिए । रासस