दृष्टिविहीनलाई मोना बेल्जियमको चार लाख सहयोग

म्याग्दी, १२ वैशाख । म्याग्दी जिल्लाको पिप्ले गाविसको मौवाफाँटमा रहेको एकमात्रै दृष्टिविहीन स्रोत कक्षालाई म्याग्दी प्रवासी नेपाली सङ्घ मोना बेल्जियमले रु चार लाख आर्थिक सहयोग गर्ने भएको छ । दृष्टिविहीन शाखाको सहयोगका लागि गत अप्रिल ७ तारेखका दिन सङ्घको पाँचाँै वाषिर्कोत्सवको अवसरमा मोना बेल्जियमले मोना एकल नृत्य प्रतियोगितालगायतका कार्यक्रमहरु सम्पन्न गरेको थियो ।

कार्यक्रमपछि अप्रिल २१ का दिन बसेको मोना बेल्जियमको बैठकले कार्यक्रमबाट बचेको रु चार लाख ज्ञानोदय मावि दृष्टिविहीन स्रोत कक्षालाई सहयोग गर्ने निर्ण्र्ाागरेको कार्यक्रमका प्रचारप्रसार संयोजक हरि सुवेदीले जानकारी दिनुभयो । जिल्लाकै एकमात्रै दृष्टिविहीन स्रोत कक्षामा रहेका दृष्टिविहीन बालबालिकाको आवश्यक भौतिक पर्ूवाधार निर्माण तथा खरिदका लागि उक्त सहयोग रकम हस्तान्तरण गरिने मोना बेल्जियमका अध्यक्ष घन शाहिले बताउनुभयो ।

सङ्कलित उक्त रकम हस्तान्तरण गर्न आगामी जेठको पहिलो सातामा संस्थाका उपाध्यक्ष लोक रानामगर, महासचिव रकेन्द्र घिमिरे, कोषाध्यक्ष ज्ञान रकाललगायतको टोली बेल्जियमबाट स्वदेश आउने तयारी भइरहेको जनाइएको छ ।

जिल्लामै पहिलोपटक २०६५ देखि सञ्चालन गरिएको दृष्टिविहीन स्रोतकक्षामा अहिले जिल्लाका विभिन्न ठाउँका १० जना दृष्टिविहीन बालबालिकाले अध्ययन गर्दै आएको विद्यालयले जनाएको छ । रासस