क्रान्तिकारी हरु नै दलाल -युवराज घिमिरे

काठमाडौँ, ८ फागुन । नेकपा-माओवादीले प्रमुख तीन राजनीतिक दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच भएको भनिएको नौबुँदे सहमति जलाएको छ ।

पत्रकार युवराज घिमिरे
पत्रकार युवराज घिमिरे

सो पार्टर्ीी आयोजना गरेको नेपाल बन्दको कार्यक्रम समापनको अवसरमा शान्ति बाटिकामा आयोजित कार्यक्रममा माओवादीका नेता तथा कार्यकर्ताले अन्तरिम संविधान र राष्ट्रिय स्वाधीनता विरोधी भएको भन्दै नौबँुदे सहमतिपत्र जलाएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै माओवादीका सचिव देव गुरुङले विदेशीको इशारामा प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन गर्न लागिएको आरोप लगाउँदै दलहरूबीच भएको सो सहमति अन्तरिम संविधानविपरीत  र राष्ट्रघाती भएको बताउनुभयो । दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्याको आरोपमा पक्राउ परेका कार्यकर्ता रिहाइ र प्रधानन्यायाधीश नेतृत्वको सरकार गठनविरुद्धको आफूहरूको आन्दोलन निरन्तर जारी रहने जानकारी उहाँले दिनुभयो ।

उहाँले भन्न्ाुभयो, “शान्ति सम्झौतामा जनयुद्वकालीन मुद्दाहरू फिर्ता लिने र सो विषयलाई टुङ्ग्याउन सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्ने उल्लेख छ, अन्तरिम संविधानको धारा १४७ मा सो सम्झौतालाई संविधानको एक भाग हुनेछ भन्ने लेखिएको छ, त्यसकारण जनयुद्धकालीन मुद्दा कोही कसैलाई लगाउन मिल्दैन ।”माओवादीका संयोजक मातृका यादवले चार दलको पछि लागेर प्रधानन्यायाधीश प्रधानमन्त्री बन्न खोजे आन्दोलनका माध्यमबाट उहाँको दुवै पद खोसिदिने चेतावनी दिनुभयो ।

पत्रकार युवराज घिमिरेले क्रान्तिकारी शक्ति दलालमा परिणत भएपछि  मुलुकको स्वाभिमान र स्वतन्त्रता सङ्कटमा पर्न लागेको बताउँदै प्रधानन्यायाधीश प्रधानमन्त्री बन्न दलहरूसँग वार्ता गर्दै हिड्नुले न्यायपालिकाको मर्यादा उल्लङ्घन भएको टिप्पणी गर्नुभयो ।

यसैबीच सरकार गठनका लागि राष्ट्रपति डा रामवरण यादवबाट प्रमुख चार राजनीतिक दललाई मात्रै सहभागिता गराएको विरोधमा  माओवादीलगायत पाँच दलले भोलि दिउँसो राष्ट्रपति कार्यालयमा धर्ना दिने र ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको जानकारी दिएका छन् । रासस