मलेसियामा मृत्युको खबर आएको सोलुखुम्बुका र्राईको अवस्था अज्ञात

सोलुखुम्बु, १९ पुस । वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका सोलुखुम्बु देउसा निवासी डाकबहादुर र्राईको मृत्यु भएको खबर आए पनि थप अवस्था अन्योलमा परेको छ ।

र्राईको मृत्यु भएको र सोमबार काठमाडाँैँमा शव आइपुग्ने जानकारी फोनमार्फ पाएपछि उनकी श्रीमती शनिबार नै सल्लेरीबाट काठमाडौँ गएकी तर काठमाडौँमा पुगेपछि उनीलाई जानकारी दिने व्यक्ति समेत सर्म्पर्कविहीन भएका छन् ।

मृत्यु भएका भनिएका र्राईका श्रीमतीलाई गत शुक्रबार पाँचथर फिदिम निवासी सागर लिम्बु नाम बताउने एक व्यक्तिले निज डाकबहादुरले चलाउँदै आएको नम्बर ००६०१८७८४०६५ बाट सर्म्पर्क गरी उनको काम गर्न कम्पनीबाट कोठा जाने क्रममा गाडी दर्ुघटना भई मृत्यु भएको खबर सुनाएका थिए ।

डाकबहादुरको मुत्यु भएको हो वा होइन सोको तथ्य पत्ता लगाउन र मृत्यु भएको भए लास नेपाल फर्काउन परिवारले वैदेशिक रोजगारमा पठाउने मेनपावर र पराराष्ट्र मन्त्रालयसम्म गुहारेको जानकारी दिएको छ । र्राई दर्ुइ वर्षघि नेपालस्थित वेस्ट वे मेनपावरमार्फ मलेसिया गएका थिए । रासस