सीमावर्ती क्षेत्रहरुमा मदरसा बढेको प्रति भारतीय चासो

नयां दिल्ली, माघ ४ – भारतले नेपालका सीमावर्ती क्षेत्रहरुमा मदरसाको संख्या धेरै बढेको उल्लेख गर्दै त्यसप्रति आफ्नो ‘गहिरो चिन्ता’ व्यक्त गरेको छ । सीमा व्यवस्थापनसम्बन्धी सहसचिवस्तय द्धिपक्षीय संयन्त्र (जोइन्ट वर्किन्ग ग्रुप अन बोर्डर म्यानेजमेन्ट)को बुधवार नयां दिल्लीमा बसेको बैठकमा भारतीय पक्षले त्यस्तो चिन्ता जाहेर गरेको हो ।

‘भारतसंग सीमा जोडिएका नेपालका भागहरुमा मदरसाको संख्यामा बढोत्त भएको छ’ नाम बताउन नचाहने बैठकका एक भारतीय सहभागीले कान्तिपुरसंग भने, ‘त्यसबारे नेपाली पक्षले ख्याल गर्नुपर्छ अन्यथा त्यसले पछि नेपाललाई समेत समस्या सिर्जना गर्न सक्छ ।’ मदरसाहरुलाई अतिवादी धार्मिक तत्वहरुले भारतविरोधी गतिविधिका लागि दुरुपयोग गर्न सक्ने चिन्ता भारतीय पक्षको रहेको बैठकका सहभागी एक नेपाली अधिकाले बताए । ‘स्रोत कहांबाट आइरहेको छ अनि कस सञ्चालन भइरहेको छ भन्ने ध्यान दिन भारतीय पक्षको आग्रह थियो’ ती नेपाली अधिकाले भने ।

नेपाली पक्षले भने मदरसाहरु सरका प्रक्रिया पूरा ग खुलेका तथा सञ्चालन भइरहेका जवाफ दिएको थियो । ‘मदरसाहरु खोल्दा शिक्षा मन्त्रालयको अनुमति लिनुपर्ने प्रावधान छ । त्यसैग सामाजिक कामका लागि लगानी गर्नसमाजकल्याण परिषद्मार्फत आउनुपर्छ’ अर्का नेपाली सहभागीले कान्तिपुरलाई भने , ‘हामीले त्यसबारे भारतीय पक्षलाई आश्वास्त पार्ने कोसिस गर्‍यौं ।’

बैठकमा सीमासम्बन्धी अन्य द्धिपक्षीय नियमित विषयहरु उठेका थिए । सीमा वारपार अपराध नियन्त्रणका लागि दुवै पक्षले सहकार्य बढाउने, सूचना आदानप्रदान वृद्धि गर्ने जस्ता विषयमा बैठकमा सहमति भएको अधिकाहरुले बताए । सीमा स्तम्भहरु मर्मत सम्भारको विषयले पनि बैठकमा प्रवेश पाएको थियो । दुवै पक्षले सीमा स्तम्भ हराएको तथा सीमा मिचिएको घटनामा एकअर्कालाई दोष दिदैं आउने गरेका छन् ।

भारतीय पक्षले जाली नोट कारोवार मुद्दा पनि उठाएको थियो । नेपाली पक्षले कब्जामा लिएका भारतीय जाली नोटका नमूना अनुसन्धानका लागि आफूहरुलाई पनि उपलब्ध गराउन भारतीय अधिकाहरुले अनुरोध गरेको स्रोतले बतायो । एउटाको भूमिमा अपराध ग सीमा पारि गई लुक्नेलाई पक्रने प्रक्रियामा एकअर्कालाई सहयोग गर्ने पक्षमा दुवै देशका अधिकाहरु सहमत भएका छन् । नेपाली पक्षले सीमामा नेपालीहरु भोग्नुपरेका समस्याबारे पनि भारतीय अधिकाहरुको ध्यानाकर्षण गराएको थियो ।

भारतीय भूमि हुंदै अवैध रुपमा तेस्रो मुलुक रोजगामा जाने नेपालीको संख्या ठूलो रहेको भन्दै नेपाली पक्षले त्यसको नियन्त्रणमा सघाउन भारतीय पक्षलाई भनेको थियो । ‘भारतीय पक्षले यसमा सहयोग गरिरहेको छ तर दिल्लीमा गरिएको जस्तै कडाई अरु ठाउंमा पनि होस् भन्ने हाम्रो अपेक्षा थियो’ अर्का नेपाली सहभागीले भने । भारतीय भूमि हुंदै खाडी मुलुक जाने नेपाली कामदारहरु ठगिएको विवरणहरु आएपछि सरकारले दिल्लीसहित विभिन्न भारतीय पोर्ट हुंदै ती मुलुक उड्न प्रतिवन्ध लगाएको छ । बैठकमा नेपाल तर्फबाट गृह मन्त्रालयका सहसचिव शंकर कोइराला नेत्तृत्वको १३ सदस्यीय टोली सहभागी थियो । भारतीय पक्षबाट भने गृहमन्त्रालयको सीमा व्यवस्थापनसम्बन्धी सहसचिव राकेश सिंह नेत्तृत्वको टोलीले भाग लिएको थियो ।

गृहसचिवस्तय बैठक मार्च दोस्रो साता

नेपाल र भारतका अधिकाहरु गृहसचिवस्तय बैठक आगामी मार्च महिनाको दोस्रो साता काठमाडौंमा गर्न सहमत भएका छ्न् । संयन्त्रको पछिल्लो बैठक गत वर्ष जनवमा नयां दिल्लीमा भएको थियो । सुरक्षा मामिला तथा सीमा व्यवस्थापनसम्बन्धमा नियमित छलफल गर्न नेपाल र भारतबीच विभिन्न खालका संयन्त्र छन् । करिब डेढ महिनाअघि नयां दिल्लीमा सीमामा खटिएका दुवै मुलुकका सुरक्षा निकायका प्रमुखको तहमा पहिलोेपटक छलफल भएको थियो । यही फेब्रअमा पनि नयां दिल्लीमै दुवै देशका सेनासमेत सम्मिलित संयन्त्र कन्स्लटेटिभ ग्रुप अन सेक्युरिटी म्याटर्सको बैठक बस्दैछ ।

साभार – महेश आचार्य (ekantipur)