ब्रुनाइमा नेपाली रेस्टुरेन्ट पुरस्कृत

काठमाडौँ, १३ पुस । सेरिया, ब्रुनाइमागत सालदेखि सञ्चालनमा आएको गोर्खा प्यालेस रेस्टुरेन्टलाई ब्रुनाइ सरकारका गृहसचिव आवाङहाजी इस्मेलले पुरस्कृत गर्नुभएको छ ।

कोला बेलायत नगरपालिका र जिल्ला स्वास्थ्य विभागको तीन चरणको मूल्याङ्कनपछि ६०  रेस्टुरेन्टमध्ये नेपाली रेन्टुरेन्ट पाँचौँ स्थानमा छनोट भएको हो । कोला बेलायत नगरपालिकामा बिहीबार आयोजित समारोहमा उक्त सम्मानपत्र रेस्टुरेन्टका प्रबन्ध निर्देशक जीवन विश्वकर्मालाई प्रदान गरिएको थियो । पुरस्कृत भएपछि आफू अत्यन्तै उत्साहित भएको र अब राजधानी बन्दरसेरी वेगवानमा पनि अर्को रेन्टुरेन्ट सुरु गर्ने घोषणा विश्वकर्माले गर्नुभएको पत्रकार विश्वासदीप तिगेलाले जानकारी दिनुभयो ।

गैरआवासीय नेपाली सङ्घ ब्रुनाइका सचिवसमेत रहनुभएका विश्वकर्माले थप नेपाली कामदारका लागि पनि पहल भएको बताउनुभयो जनाइएको छ । यसैबीच गैरआवासीय नेपाली सङ्घ ब्रुनाइले नेपाली व्यवसायको पर््रवर्द्धनका लागि लगानी गर्ने भएको छ ।  बिहीबार  गैरआवासीय नेपाली सङ्घका अध्यक्ष जीवा लामिछानेसँगको अन्तक्रिर्यापछि सो निर्ण्र्ााभएको बताइएको छ । रासस